ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राइम कमर्शिल बैंक : कम्पनी विश्लेषण (मंगलवार, ७ जेठ २०७६)

May 21, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
बैंकले शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले जेठ २६ गते साधारणसभा आयोजना गर्ने भएको छ । जेठ १२ गतेसम्म शेयर किन्ने शेयरधनीले १६ प्रतिशत बोनस शेयर पाउनेछन् । चालू आवको ९ महीनामा बैंकले रू. १ अर्ब ५४ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३१ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. १ अर्ब १७ करोड नाफा कमाएको थियो । सोमवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । ३३ हजार ४ सय ६५ कित्ता शेयर खरीद गर्ने र २३ हजार ७ सय ४५ कित्ता शेयर विक्री गर्ने माग थियो । सोमवार अघिल्लो दिनको तुलनामा बैंकको शेयरमूल्य ३ अंक घटेर रू. ३ सय ६६ मा बन्द भएको छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम ३ दिनमा आइडेन्टिकल थ्री क्रस बियरिश आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बियरिश ट्रेन्डमा रिभर्स हुने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५९ दशमलव ३९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५ दशलमव ८५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा तल र २६ दिने मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. ३ सय ६६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय ८१ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३ सय ५० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)