ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समता लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, ७ जेठ २०७६)

May 21, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले २ सय प्रतिशत हकप्रद शेयर जारी गर्न सेबोनमा वैशाख ३० गते निवेदन दिएको छ । कम्पनीले १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर जारी गर्न निवेदन दिएको हो । विक्रीप्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५ करोड ६८ लाख छ । २ सय प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरेपछि पूँजी रू. १७ करोड ८२ लाख पुग्नेछ । कम्पनीले हकप्रद शेयर जारी गर्न निवेदन दिएपछि शेयरमूल्यमा वृद्धि भएको छ । सोमवार कम्पनीको शेयरमूल्य ४१ अंक बढेर रू. २ हजार १ सय ६० मा बन्द भएको छ । सो दिन कम्पनीको शेयरमूल्य रू. २ हजार २ सय ८४ सम्म कारोबार भएको थियो ।

कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६० दशमलव १६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २१ दशलमव ४३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा तल र २६ दिने मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. १ हजार ३ सय १५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ३ सय ६२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार २ सय ५५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)