ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागरीक लगानी कोष : कम्पनी विश्लेषण (बुधवार, ८ जेठ २०७६)

May 22, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

कम्पनीले गतवर्षको नाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको २०७५ फागुन २८ गते बसेको कोष सञ्चालक समितिले उक्त निर्णय गरेको हो । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले चालू आवको चैत मसान्तसम्ममा रू. २८ करोड ७७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २० प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीले रू. २३ करोड ७९ लाख नाफा कमाएको थियो । मंगलवार भएको शेयर कारोबारमा कम्पनीको विक्रीभन्दा खरीद चाप बढी छ । सो अवधिमा २ हजार ५ सय ८ कित्ता शेयर खरीद गर्ने र १ हजार ८ सय ८९ कित्ता शेयर विक्री गर्ने माग थियो । मंगलवार कम्पनीको शेयरमूल्य २० अंक घटेर रू. २ हजार ५ सय ९० मा बन्द भएको छ ।

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । यसको विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ४८ दशमलव ३३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २८ दशलमव ५२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाको बीचमा छ । मंगलवारको शेयरमूल्य रू. २ हजार ५ सय ९० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ हजार ६ सय ६८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २ हजार ५ सय ८ मा टेवा पाउने देखिन्छ ।

 
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)