गतवर्षको मुनाफाबाट यस वर्ष लगानीकर्तालाई २ दशमलव ९ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. ४ करोड ३ लाख ५१ हजार खुद नाफा गरेको छ । गतवर्षको सोही अवधिमा कम्पनीले रू. ५ करोड ४६ लाख ७८ हजार खुद नाफा गरेको थियो । गतवर्षभन्दा यस वर्ष सम्भावित जोखिम शीर्षकमा बढी रकम छुट्याएकाले नाफा घटेको हो । गतवर्ष सम्भावित जोखिममा रू. १ करोड २२ लाख ४५ हजार छुट्याएको कम्पनीले यस वर्ष रू. ६ करोड ३४ लाख ८ हजार छुट्याएको छ । कम्पनीको निष्क्रिय कर्जा पनि गतवर्ष २ दशमलव १३ प्रतिशत रहेकोमा यस वर्ष बढेर २ दशमलव ९६ प्रतिशत कायम भएको छ । अघिल्लो त्रैमासमा ३ दशमलव १० प्रतिशत रहेको निष्क्रिय कर्जा भने यो त्रैमासमा घटेको छ । चुक्तापूँँजी रू. ८० करोड ४० लाख ६० हजार रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ६ दशमलव ६९ छ ।
कम्पनीको ५२ दिनको कारोबार अवधिको अन्तिम दिन ह्वाइट ओपनिङ मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६८ दशमलव ४३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशलमव ४१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. १२२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. १११ मा प्रतिरोध पाउने देखिन्छ । कम्पनीको प्रतिरोध विन्दु भने मंगलवारको शेयरमूल्य नै ५३ दिनको कारोबारमा उच्च मूल्य रहेको छ ।