ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेको इन्स्योरेन्स : कम्पनी विश्लेषण (बुधवार, ८ जेठ २०७६)

May 22, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

कम्पनीले चालू आवको ९ महीनामा रू. २५ करोड १५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १९ प्रतिशत बढी हो । गत आवको सो अवधिमा कम्पनीले रू. २१ करोड ३ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १ अर्ब ४१ करोड बीमाशुल्क आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १५ प्रतिशत बढी हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १७ करोड छ । कुल बीमा शुल्क क्रमिक रूपमा बढ्दै गएकाले आगामी दिनमा व्यावसायिक विविधीकरण गरी गुणस्तरीय ग्राहकमुखी नयाँ सेवासुविधा शुरू गरी कम्पनीलाई वित्तीय रूपमा सबल बनाउने योजना कम्पनीको छ । कम्पनीले गतवर्षको साधारणसभा हालसम्म गरेको छैन । बीमा समितिले तोकेबमोजिम चुक्तापूँजी भने कम्पनीले पुर्‍याइसकेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १७ करोड ६२ लाख छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिन ओपनिङ ह्वाइट मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४६ दशमलव १८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशलमव ९७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिन खोजेका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ५२० देखि बजारको अवस्था परिवर्तन भई मूल्य मँहगिएमा रू. ५५७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५१२ मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)