ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धार्थ इन्स्योरेन्स : कम्पनी विश्लेषण (बुधवार, ८ जेठ २०७६)

May 22, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

कम्पनीले पूँजीवृद्धिका लागि १५ दशमलव ४८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको वैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले उक्त बोनस पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ५९ लाख छ । प्रस्तावित बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले बोनस शेयर वितरण गरेर पूँजीवृद्धि गर्न लागेको हो । मंगलवार कम्पनीको शेयर कारोबारमा विकक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा ४ हजार १८० कित्ता शेयर खरीद गर्ने र २ हजार ८०१ कित्ता शेयर विक्री गर्ने माग थियो ।

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिन लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई न्युट्रल जोन ३९ दशमलव २३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ९ दशलमव १३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ५ सय ८९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सय २८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५ सय ८१ मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)