मितेरी डेभलपमेन्ट बैंक : कम्पनी विश्लेषण (बिहीवार, ९ जेठ २०७६)
May 23, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले यस आर्थिक वर्षको ९ महीनामा रू. ८ करोड ४ लाख ३ हजार खुद नाफा आर्जन गरेको छ । गतवर्षको सोही अवधिमा कम्पनीले रू. ७२ करोड ८ लाख ८८ हजार खुद नाफा आर्जन गरेको थियो । हाल रू. ५८ करोड ५० लाख चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम रू. १९ करोड २१ लाख २१ हजार छ । यस वर्षको ९ महीनामा रू. ४ अर्ब ३२ करोड ४ लाख ७९ हजार निक्षेप संकलन गरेको कम्पनीले रू. ३ अर्ब ७८ करोड १० लाख ४ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीले यस अवधिमा रू. १ करोड ४ लाख ७१ हजार लगानी गरेको छ । प्रतिशेयर आम्दानी वार्षिक रू. १८ दशमलव १३ छ । बुधवारको कारोबारमा कम्पनीको शेयरमूल्य अघिल्लो दिनभन्दा ४ अंक घटेर रू. २५९ कायम भएको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सानो पुच्छर भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ६५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. २५९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २६३ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २५२ मा टेवा पाउने देखिन्छ ।