ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल इन्स्योरेन्स : कम्पनी विश्लेषण (बिहीवार, ९ जेठ २०७६)

May 23, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आवको ९ महीनामा कम्पनीले रू. १३ करोड ६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ९१ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ६ करोड ८२ लाख नाफा कमाएको थियो । चैत मसान्तसम्ममा कम्पनीले रू. ८५ करोड ७ लाख बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको चुक्तापूँजी रू. ६१ करोड ७६ लाख छ । कम्पनीले पूँजीवृद्धिका लागि ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गरिसकेको छ । अवितरित हकप्रद शेयर जेठ ५ गतेदेखि १९ गतेसम्म लीलामीमा विक्री खुला गरेको छ । यो शेयर विक्री गरेपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्बभन्दा बढी पुग्नेछ । कम्पनीको बुधवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा ७९ हजार २२ कित्ता शेयर खरीद गर्ने र १ हजार ८ सय १४ कित्ता शेयर विक्री गर्ने माग थियो ।

कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई न्युट्रल जोन ४८ दशमलव ४८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ७२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. ३ सय ९३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय ६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३ सय ७७ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)