राष्ट्रिय बीमा कम्पनी : कम्पनी विश्लेषण (बिहीवार, ९ जेठ २०७६)
May 23, 2019
 
लगानी
कम्पनी विश्लेषण
चालू आवको तेस्रो त्रैमासमा रू. ५८ करोड ४८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २६ प्रतिशत बढी हो । कम्पनीले सो अवधिमा रू. ४६ करोड १३ लाख नाफा कमाएको थियो । चुक्तापूँजी रू. २६ करोड ६३ लाख छ । बीमा कोषमा रू. १ अर्ब ६४ करोड जम्मा भएको छ । कम्पनीले तेस्रो त्रैमासम्ममा रू. १ अर्ब १२ करोड बीमा शुल्क आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ४६ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ७६ करोड ९० लाख बीमाशुल्क आर्जन गरेको थियो । प्रतिशेयर आम्दानी (वार्षिक) रू. २ सय ९२ दशमलव ४५, मूल्य आम्दानी अनुपात ४१ दशमलव ४९ र प्रतिशेयर नेटवर्थ रू. ९ सय ८६ दशमलव २४ छ । बुधवार भएको शेयर कारोबारमा खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिमा ४ सय ५ कित्ता शेयर विक्री गर्ने र ३ सय २० कित्ता शेयर खरीद गर्ने माग थियो ।
कम्पनीको ५५ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले आगामी दिनमा शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ६६ दशमलव ८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १८५ दशलमलव ६ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. ११ हजारदेखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ११ हजार ३६८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १० हजार ८ सय ७० मा टेवा पाउने देखिन्छ ।