काठमाडौं । नेपालमा विगत १० वर्षमा उखुमा प्रयोग भएको जमीनको क्षेत्रफल र उत्पादन बढे पनि उत्पादकत्व भने स्थिर छ । अर्थ मन्त्रालयको तथ्यांकलाई आधार मान्दा १० वर्षमा उखुखेती हुने क्षेत्रफल २० हजार हेक्टर बढे पनि उत्पादन र उत्पादकत्व भने सो अवधिमा प्रतिहेक्टर ५ टन पनि बढ्न सकको छैन ।
२०६५/६६ मा ५८ हजार हेक्टर क्षेत्रफलमा उखुखेती हुने गरेकोेमा २०७४/७५ मा ७८ हजार हेक्टरभन्दा बढीमा उखुखेती भएको छ । ५८ हजार हेक्टरमा उखुखेती गर्दा प्रतिहेक्टर उत्पादकत्व ४० दशमलव ५८ प्रतिशत थियो भने २०७४/७५ मा ७८ हजार ६०९ हेक्टर क्षेत्रफलमा उखुखेती हुँदा उत्पादकत्व जम्मा ४५ दशमलव ३ प्रतिशत छ । १० वर्षअघि ५८ हजार हेक्टर क्षेत्रफलमा उखुखेती गर्दा २३ लाख ३५ हजार ४०० मेटन उखु उत्पादन भएको थियो । २०७४/७५ मा ७८ हजार ६०९ हेक्टरमा उखुखेती गर्दा ३५ लाख ५८ हजार १८२ मेटन उखु उत्पादन भएको छ ।
उखु किसानले उद्योगलाई बेचेको उखुको भुक्तानी समयमै नपाउने गुनासो हरेक वर्ष आइरहे पनि यो तथ्यांकले किसानहरू उखु रोप्न भने नछाडेको देखाउँछ । आव २०६५/६६ देखि २०७१/७२ सम्म मन्द गतिमा वृद्धि भइरहे पनि वृद्धि भएको उखुको उत्पादन त्यसपछि आव २०७४/७५ सम्म भने करीब स्थिर देखिएको छ । आव २०७४/७५ मा केही बढेको छ, तर उत्पादकत्व भने २०७०/७१ देखि नै लगभग स्थिर छ । २०७४/७५ मा घटेको छ । नेपालमा मेचीदेखि महाकालीसम्म नै उखुको खेती हुने गरेको छ ।