बुटवल पावर कम्पनी : कम्पनी विश्लेषण (आइतवार, १२ जेठ २०७६)
May 26, 2019
 
लगानी
कम्पनी विश्लेषण
चालू आवको ९ महीनामा कम्पनीले रू. ७५ करोड ८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. ६५ करोड ९२ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४४ करोड छ । रिजर्भ कोषमा रू. ४ अर्ब ३६ करोड छुट्ट्याएको छ । कम्पनीले गतवर्षको नाफाबाट शेयरधनीलाई १८ प्रतिशत बोनस शेयर र १० प्रतिशत बोनस शेयर वितरण गरेको हो । कम्पनीले १८ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ भने बोनस शेयर पनि हितग्राही खातामा जम्मा भएको छ । प्रतिशेयर आम्दानी रू. ३० दशमलव ७७, मूल्य आम्दानी अनुपात ११ दशमलव ७ र प्रतिशेयर नेटवर्थ रू. २ सय ७८ दशमलव ७१ छ । बिहीवार कम्पनीको शेयरमूल्य २० अंक घटेर रू. ४ सय २४ मा बन्द भएको छ । सो दिन कम्पनीको ४९ हजार ३ सय ८६ कित्ता शेयर खरीदविक्री भएको हो ।
कम्पनीको ६० दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ६४ दशमलव ७४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १५ दशमलव ३९ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग नजीकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ४ सय २४ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ४ सय ४८ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ३ सय ८८ मा टेवा पाउने देखिन्छ ।