ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिलिमे हाइड्रोपावर कम्पनी : कम्पनी विश्लेषण (आइतवार, १२ जेठ २०७६)

May 26, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आवको तेस्रो त्रैमासमा कम्पनीले विद्युत् विक्रीबापत रू. ८० करोड ७५ लाख आम्दानी गरेको छ भने रू. ५४ करोड ३६ लाख नाफा कमाएको छ । गत आवको नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीले २० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा र ५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरिदिएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ७५ करोड छ । रिजर्भ कोषमा रू. ४ अर्ब ५१ करोड छुट्ट्याएको छ । चिलिमे हाइड्रोपावरको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत् कम्पनीले केही समय अगाडि सर्वसाधारणलाई आईपीओ जारी गरेका छन् । बिहीवार कम्पनीको शेयरमूल्य १५ अंक घटेर रू. ५ सय ३९ मा बन्द भएको छ । सो दिन कम्पनीको १० हजार ४ सय ३२ कित्ता शेयर खरीदविक्री भएको हो ।

कम्पनीको ६० दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन सामान्य डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने–बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव ६६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १० दशमलव ७५ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग नजीकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ५ सय ३९ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ५ सय ५४ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ५ सय २५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)