ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्रामीण विकास लघुवित्त : कम्पनी विश्लेषण (आइतवार, १२ जेठ २०७६)

May 26, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर वैशाख २७ गतेदेखि जेठ ३० गतेसम्मका लागि जारी गरिरहेको छ । विक्रीप्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ । हाल रू. ६५ करोड ५० लाख चुक्तापूँजी रहेको यस कम्पनीको हकप्रद वितरण गरेपछि चुक्तापूँजी रू. ९८ करोड २५ लाख पुग्नेछ । यस आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा रू. १६ करोड ४४ लाख १७ हजार छ । गतवर्षको सोही अवधिमा खुद नाफा रू. १४ करोड ३७ लाख ५३ हजार थियो । कम्पनीको जगेडा कोषमा रू. ५६ करोड २ लाख ५६ हजार छ । तेस्रो त्रैमासमा रू. ३ अर्ब ९ करोड ४२ लाख निक्षेप संकलन गरेको कम्पनीले रू. ९ अर्ब ६८ करोड ३० लाख कर्जा प्रवाह गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ३३ दशमलव ४७ छ । बिहीवारको शेयर कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य अघिल्लो दिनभन्दा ९ अंक बढेर रू. ३७८ कायम भएको छ । कम्पनीको शेयरमूल्य बढ्दो क्रममा छ ।

कम्पनीको ६० दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा लामो टुप्पी र छोटो पुच्छर भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५२ दशमलव ६३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ८ दशमलव ४० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ३७८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३७९ देखि रू. ४४६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३५४ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)