देवः विकास बैंक : कम्पनी विश्लेषण (मंगलवार, १४ जेठ २०७६)
May 28, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकले गत आवको नाफाबाट शेयरधनीलाई ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५३ करोड छ । चालू आवको तेस्रो त्रैमासमा बैंकले रू. २५ करोड ५२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २६ प्रतिशत बढी हो । बैंकले सो अवधिमा रू. २० करोड २३ लाख नाफा कमाएको थियो । प्रतिशेयर आम्दानी रू. १३ दशमलव ४३ मूल्य आम्दानी अनुपात ९ दशमलव ५३ र प्रतिशेयर नेटवर्थ रू. १ सय २८ दशमलव ९४ छ । साथै, यस बैंकले वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति भई प्राप्ति कार्य अन्तिम चरणमा पुगेको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा ओपनिङ सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले बैंकको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ६५ दशमलव ८३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ४६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. १४७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १५१ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १३३ मा टेवा पाउने देखिन्छ ।