ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईएमई जनरल इन्स्योरेन्स : कम्पनी विश्लेषण (मंगलवार, १४ जेठ २०७६)

May 28, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले पूँजीवृद्धिका लागि ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर शेयरधनी आफैले बेहोर्नुपर्नेछ । बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको अगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । कम्पनीको चुक्तापूँजी रू. ९७ करोड २० लाख छ । प्रस्तावित बोनस शेयर वितरण गरेपछि पूँजी रू. १ अर्ब २ करोड पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पु¥याउन निर्देशन दिएसँगै पूँजीवृद्धिका लागि कम्पनीले बोनस शेयर वितरण गर्न लागेको हो । कम्पनीले चालू आवको चैत मसान्तसम्ममा रू. १० करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ८ करोड २३ लाख नाफा कमाएको थियो । कम्पनीको ५८ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा लामो टुप्पी र पुच्छर भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४३ दशमलव ९५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ८ दशमलव ३० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ४०६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४२३ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३९० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)