ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल बंगलादेश बैंक : कम्पनी विश्लेषण (मंगलवार, १४ जेठ २०७६)

May 28, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
बैंकले जेठ १० गतेदेखि १० दशमलव २५ प्रतिशत ब्याजदरमा २० लाख कित्ता ऋणपत्र विक्री गरिरहेको छ । बैंकले २० लाखमध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत संघ संस्थालाई विक्री खुला गरेको हो । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा जेठ १४ सम्म र ढिलोमा असार ८ गतेसम्म रहेको छ । आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्छन् । निष्कासन तथा विक्रीप्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ । ऋणपत्रमा लगानी गर्ने इच्छुक लगानीकर्ताले विक्रीप्रबन्धकका साथै सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन गर्न सक्छन् । बैंकले चालू आवको तेस्रो त्रैमासमा रू. १ अर्ब १४ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५४ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. ७३ करोड ८० लाख नाफा कमाएको थियो । कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा ओपनिङ सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५१ दशमलव ३१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ४६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. २२५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २३६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २११ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)