राधी विद्युत् कम्पनी : कम्पनी विश्लेषण (मंगलवार, १४ जेठ २०७६)
May 28, 2019
 
लगानी
कम्पनी विश्लेषण
चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड ७२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ११ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ४ करोड २३ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. ४५ करोड १० लाख छ । तेस्रो त्रैमासमा रू. ११ करोड ४५ लाख आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिको तुलनामा ६ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. १० करोड ८० लाख आम्दानी गरेको थियो । सोमवार भएको कारोबार अवधिमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा ३ हजार ७ सय ४६ कित्ता शेयर खरीद गर्ने र ३ सय ३० कित्ता शेयर विक्री गर्ने माग थियो । यस दिन अघिल्लो दिनभन्दा १ अंक घटेर अन्तिम शेयरमूल्य रू. १६३ कायम भएको छ भने ४४२ कित्ता शेयर कारोबार भएको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा टुप्पी र पुच्छर भएको सेतो मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४९ दशमलव ५९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ८ दशमलव शून्य ५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने मूल्यरेखाभन्दा तल र २६ दिने मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. १६३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १८२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १६० मा टेवा पाउने देखिन्छ ।