ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक्सेल डेभलपमेन्ट बैंक : कम्पनी विश्लेषण (बुधवार, १५ जेठ २०७६)

May 29, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
यस बैंकले गतवर्षको मुनाफाबाट लगानीकर्तालाई १७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६९ करोड २६ लाख ७३ हजार छ । जगेडा कोष रकम रू. २५ करोड ९८ लाख ८५ हजार छ । यस आर्थिक वर्षको ९ महीनामा कम्पनीले रू. ११ करोड ४४ लाख २९ हजार खुद नाफा आर्जन गरेको छ । यो नाफा गतवर्षको सोही अवधिमा रू. ११ करोड ११ लाख २९ हजार थियो । वार्षिक २२ रुपैयाँ ३ पैसा प्रतिशेयर आम्दानी रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव ६९ छ । व्यावसायिक विकासका लागि नयाँ शाखा खोल्ने एवं भइरहेको शाखाको स्तर वृद्धि गर्ने कम्पनीको नीति छ । मंगलवारको शेयर कारोबारमा खरीदविक्री गर्ने अर्डर राखिए पनि म्याचिङ नभएर कारोबार हुन सकेन ।

कम्पनीको ५६ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४९ दशमलव ४२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ६ दशमलव २२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ३ सयदेखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३१९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २९२ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)