ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सहयोगी विकास बैंक : कम्पनी विश्लेषण (बुधवार, १५ जेठ २०७६)

May 29, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
यस बैंकले यस आर्थिक वर्षको ९ महीनामा रू. ७ करोड ४ लाख ३७ हजार खुद नाफा आर्जन गरेको छ । गतवर्षको सोही अवधिमा कम्पनीले रू. ७ करोड ६३ लाख ६६ हजार नाफा आर्जन गरेको थियो । गतवर्षभन्दा यस वर्ष नाफा केही घटेको छ । सञ्चालन मुनाफामा कमी आएकाले नाफा घटेको देखिन्छ । गतवर्ष रू. ७ करोड ७६ लाख ७४ हजार रहेको कम्पनीको सञ्चालन मुनाफा यस वर्ष रू. ५ करोड ४७ लाख ४२ हजारमा झरेको छ । गतवर्ष रू. १५ करोड ४७ लाख ७१ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १० करोड ३४ लाख १० हजार मात्र खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी घटेसँगै सञ्चालन मुनाफामा कमी आएको हो । कम्पनीको चुक्तापूँजी रू. ५० करोड ९६ लाख ६८ हजार छ भने जगेडा कोषमा रू. १९ करोड ८१ लाख ९१ हजार छ । मंगलवारको शेयर कारोबारमा अन्तिम शेयरमूल्य अघिल्लो दिनभन्दा २ अंक घटेर रू. १९६ मा बन्द भएको छ ।

कम्पनीको ५४ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा फोरप्राइस डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत गर्दैन । आरएसआई न्युट्रल जोन ४७ दशमलव शून्य ३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ७० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. १९६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २०६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १८९ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)