हिमालयन जनरल इन्स्योरेन्स : कम्पनी विश्लेषण (बुधवार, १५ जेठ २०७६)
May 29, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. १२ करोड ४९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २५ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ९ करोड ९९ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. २० करोड ७५ लाख नाफा कमाएकाले नाफा बढेको हो । सो अवधिमा कम्पनीले रू. ९६ करोड ११ लाख बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा २७ प्रतिशत बढी हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड छ । बीमा कोषमा रू. ४६ करोड ९१ लाख जम्मा भएको छ । यो रकम गत आवको तुलनामा २३ प्रतिशत बढी हो । रिजर्भ कोषमा कम्पनीले रू. २१ करोड ८४ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. १२ दशमलव १६ छ । मंगलवार कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा ८ अंक घटेर रू. ३८२ मा बन्द भएको छ । सो दिन ५ हजार ४८९ कित्ता शेयर खरीदविक्री भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्छ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ४४ दशमलव ४० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव २८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ३८२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३९० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३७० मा टेवा पाउने देखिन्छ ।