ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेशनल हाइड्रोपावर : कम्पनी विश्लेषण (बिहीवार, १६ जेठ २०७६)

May 30, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३८ करोड ५९ लाख ११ हजार छ । कम्पनीको रिजर्भ कोष रू. ४१ करोड ३० लाख ५ हजार ऋणात्मक देखिन्छ । यस आर्थिक वर्षको ९ महीनासम्मको वित्तीय विवरणअनुसार कम्पनीले रू. ११ करोड ७० लाख ९ हजार कर्जा लिएको देखिन्छ । यस अवधिमा कम्पनीले रू. २२ लाख १९ हजार खुद नाफा गरेको छ । प्रतिशेयर आम्दानी वार्षिक रू. ३ दशमलव ५६ छ भने प्रतिशेयर नेटवर्थ रू. ७० दशमलव २० छ । गतवर्ष विद्युत् विक्रीबाट रू. २ करोड ९६ लाख ४३ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष ९ महीनामा रू. ३ करोड ४३ लाख ५७ हजार आम्दानी गरेको छ । बुधवारको कारोबारमा कम्पनीको शेयरमूल्य अघिल्लो दिनभन्दा ३ अंक बढेर रू. ७२ कायम भएको छ । कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम छ । कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव ६७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ६२ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्य रेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. ७२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ७५ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ६६ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)