पञ्चकन्यामाई हाइड्रो : कम्पनी विश्लेषण (बिहीवार, १६ जेठ २०७६)
May 30, 2019
 
लगानी
कम्पनी विश्लेषण
यस कम्पनीले चालू आर्थिक वर्षको ९ महीनामा विद्युत् विक्रीबाट रू. २६ करोड ७३ लाख ७८ हजार आम्दानी गरेको छ । गतवर्ष यसै अवधिमा यो रकम रू. २७ करोड ३४ लाख ५५ हजार थियो । विद्युत् विक्रीबाट आम्दानी गतवर्षभन्दा यो वर्ष घटेको छ । गतवर्ष रू. १ करोड ८८ लाख ४१ हजार खुद नाफा आर्जन गरेको यस कम्पनी यो त्रैमासमा भने रू. ३ करोड ९६ लाख १ हजार घाटामा छ । यो वर्ष प्रशासनिक तथा अन्य खर्च गतवर्षभन्दा बढी भएकाले घाटा बेहोर्नुपरेको हो । गतवर्ष रू. २३ करोड ५६ लाख १६ हजार प्रशासनिक तथा अन्य शीर्षकमा खर्च गरेको कम्पनीले यस वर्ष रू. ३० करोड २७ लाख ७८ हजार खर्च गरेको छ । यस वर्ष करका लागि रू. ७ लाख ८९ हजार प्रोभिजनमा राखेको छ । दोस्रो बजारमा बुधवारको कारोबारमा कम्पनीको शेयरमूल्य स्थिर रही रू. १०९ कायम भएको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्वाइट ओपनिङ मारुबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस आकृतिले आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ३२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ४९ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिन खोजेका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. १०९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ११७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १०९ मा टेवा पाउने देखिन्छ ।