ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु इन्स्योरेन्स : कम्पनी विश्लेषण (बिहीवार, १६ जेठ २०७६)

May 30, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
यस कम्पनीले बीमा समितिले तोकेबमोजिम रू. १ अर्ब चुक्तापूँजी पु¥याइसकेको छ । हाल रू. १ अर्ब ५० लाख ७६ हजार चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा रू. २३ करोड ९४ लाख ७२ हजार छ । बीमा कोषमा रू. ५१ करोड ३० लाख ७० हजार र महाविपत्ति जगेडामा रू. ७ करोड १८ लाख ७० हजार छ । यस वर्षको ९ महीनासम्ममा रू. ७० करोड ८७ लाख ७ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिसम्म ५३ हजार ९०९ बीमालेख जारी गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले रू. १४ करोड २ लाख ५४ हजार खुद नाफा गरेको छ । बुधवारको कारोबारमा कम्पनीको शेयरमूल्य मंगलवारभन्दा ३ अंक बढेर रू. ४०८ कायम भएको छ । कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने अथवा बढ्ने कुनै निश्चित संकेत गर्दैन । आरएसआई न्युट्रल जोन ४३ दशमलव १९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव २८ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । बुधवारको शेयरमूल्य रू. ४०८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४१४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४०५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)