ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजार ११८८ विन्दुबाट १३१५ विन्दुमा आइपुग्दा योजनाहरुले कमाए उच्च नाफा

Jun 1, 2019  
समाचार नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
अभियान संवाददाता

जेठ १८, काठमाडौं । वैशाख महीना लागेसँगै नेप्से परिसूचक बढ्न थालेपछि म्युचुअल फण्डहरुले नाफा कमाएका छन् । वैशाख महीनामा मात्र बजार १२६ दशमलव ७४ अंकले बढ्न पुगेको थियो ।

वैशाख २ गते १ हजार १८८ दशमलव ७१ विन्दुमा रहेको नेप्से वैशाख ३१ गते १ हजार ३१५ दशमलव ४५ विन्दुमा पुग्न सफल भएको थियो । लामो समयपछि योजनाहरुले यसरी नाफा कमाउन सकेका हुन् । योजनाहरुको वैशाखमा लाभांशबाट आम्दानी बढेपछि नाफा बढेको हो । गत वर्षको नाफाबाट लाभांश वितरण गरेका कम्पनीहरुले वैशाखमा लाभांश खातामा पठाएका छन् जसले गर्दा योजनाको लाभाँंश आम्दानी बढ्न पुगेको छ ।

सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोवल आइएमई समुन्ती योजना र सानिमा इक्वीटी फण्ड रहेका छन् । तिन योजना वैशाख मसान्त सम्ममा नोक्सानमा छन् । लक्ष्मी इक्वीटी फण्ड, लक्ष्मी भ्यालु फण्ड र ग्लोवल आइएमई समुन्ती योजना नोक्सानमा रहेका छन् । यि योजनाले चैत मसान्तको तुलानमा भने नोक्सान घटाएका छन् ।

वैशाखमा प्रतिइकाई खुद मूल्य बढी हुने कम्पनी कुन

वैशाख मसान्तमा सबैभन्दा बढी प्रतिइकाई खुद मुल्य एनएमभि सुलभ इन्भेष्टमेण्ट फण्डको रहेको छ । योजनाको एनएभि रू. १२ दशमलव शून्य ८ रहेको छ । योजना एनएभि चैत मसान्तको तुलनामा शून्उ दशमलव ५५ अंकले बढेको हो । दोस्रोमा लक्ष्मी भ्यालु फण्डको रहेको छ । योजनाको एनएभि रू. ११ दशलमव ७९ रहेको छ । १३ योजनामा एनएभि रू. ८ देखि १२ सम्म पुगेको छ । एनएभि रू. १० भन्दा माथि रहेका योजनाका शेयरधनीहरुले नाफामा रहेका छन् भने सो मुनिका योजनाका शेयरधनीहरु भने घाटामा रहेका छन् ।

सूचिकृत शेयरमा कस्को लगानी बढी

वैशाखमा बैंक तथा वित्तीय कम्पनीहरुले तेस्रो त्रैमासिक विवरण सार्वजनिक गर्ने भएकाले पनि योजनाले शेयरमा लगानी बढाएका हुन् । तेस्रो त्रैमासिक विवरण नाफा मुलक आएपछि योजनाहरुले नाफा बुक गरी कमाउन सफल भएका छन् ।

१३ म्युचुअल फण्डहरुले चैत मसान्तको तुलनामा सूचिकृत शेयरमा लगानी औषतमा १०३ प्रतिशतले बढाएका छन् । यि योजनाले वैशाखमा मसान्तमा विभिन्न कम्पनीको शेयरमा गरी कुल रू. ७ अर्ब ५७ करोड लागनी गरेका छन् । चैत मसान्तमा रू. ७ अर्ब ३२ करोड लगानी गरेका थिए ।

जसमा ग्लोवल आईएमई फण्डलेमात्र रू. ८९ करोड ८६ लाख सूचिकृत शेयरमा लगानी गरेको छ । योजनाले चैत मसान्तमा रू. ७९ करोड २० लाख लगानी गरेको थियो । दोस्रोमा सानिमा इक्वीटी फण्डले रू. ७७ करोड ५५ लाख लगानी गरेको छ । योजनाले चैत मसान्तमा रू. ६९ करोड लगानी गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)