ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेन्चुरी बैंक : कम्पनी विश्लेषण (आइतवार, १९ जेठ २०७६)

Jun 2, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar (अस)
बैंकले गतवर्षको सञ्चित मुनाफाबाट २ प्रतिशत बोनस शेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश शेयरधनीलाई दिएको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ६१ करोड ६ लाख ७१ हजार खुद नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधिमा रू. ६७ करोड १५ लाख २६ हजार थियो । गत आवभन्दा चालू आव खुद नाफामा कमी आएको छ । गत आव रू. ९३ करोड ६६ लाख ४४ हजार सञ्चालन नाफा गरेको यस बैंकले चालू आवमा रू. ८७ करोड ३३ लाख ७१ हजार सञ्चालन नाफा गरेको छ । सञ्चालन मुनाफा घटेकाले बैंकको नाफामा कमी आएको हो । तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा रू. ३४ करोड ५९ लाख ९६ हजार छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६७ छ । बिहीवारको शेयर कारोबारमा बैंकको शेयरमूल्य स्थिर छ । सो दिन अन्तिम शेयरमूल्य रू. १६९ कायम भएको छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिन क्लोजिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिन घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ४६ दशमलव ५५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ४८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखासँग जोडिएको छ भने २६ दिने औसत मूल्य रेखाभन्दा तल छ । बिहीवारकोे शेयरमूल्य रू. १६९ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १७९ मा प्रतिरोध पाउने र सस्तिएमा रू. १७० टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)