ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्पोरेट डेभलपमेन्ट बैंक : कम्पनी विश्लेषण (आइतवार, १९ जेठ २०७६)

Jun 2, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar (अस)
चालू आवको चैत मसान्तसम्ममा बैंकले रू. ८ करोड २८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा साढे ८ गुणा बढी हो । बैंकले सो अवधिमा रू. ९४ लाख ४८ हजार नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा बैंक रू. ७ करोड ५४ लाख खराब कर्जा उठाउन सफल भएकाले नाफा बढेको हो । हाल बैंकको चुक्तापूँजी रू. ३६ करोड २२ लाख छ । बैंकको प्रतिशेयर आम्दानी (वार्षिक) ३० दशमलव ४९, मूल्य आम्दानी अनुपात ३ दशमलव २१ र प्रतिशेयर नेटवर्थ ९५ दशमलव ३० छ । हालसम्ममा बैंकले तीन जिल्लामा चार शाखा कार्यालयमार्फत बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । बिहीवार कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा २ अंक बढेर रू. १२८ मा बन्द भएको छ । सो दिन बैंकको ३ हजार २ सय १५ कित्ता शेयर खरीद विक्री भएको हो ।

कम्पनीको ३९ दिनको कारोबार अवधिको अन्तिम दिन इन्भर्टेड ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बुलिशमा रिभर्स हुने संकेत गर्दछ । यसको विश्वसनीयता भने सामान्य रहेको छ । आरएसआई न्युट्रल जोन ६७ दशमलव ७२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ९२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्य रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १२८ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १३६ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ११८ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)