ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्ट्यान्डर्ड चार्टर्ड बैंक : कम्पनी विश्लेषण (आइतवार, १९ जेठ २०७६)

Jun 2, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar (अस)
बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १७ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैंकले शेयरधनीको बैंक खातामा उक्त नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले चालू आवको चैत मसान्तसम्ममा रू. १ अर्ब ७३ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ११ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. १ अर्ब ५५ करोड नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । बैंकको चुक्तापूँजी रू. ८ अर्ब पुगेको छ । बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब १० करोड छ । एनएफआरएस प्रणालीअनुसार खुद नाफालाई विभिन्न शीर्षकमा छुट्याएर बाँकी रहेको नाफा नै वितरणयोग्य नाफा हो । प्रतिशेयर आम्दानी रू. २८ शदमलव ८७, मूल्य आम्दानी अनुपात २० दशमलव ४७ र प्रतिशेयर नेटवर्थ रू. १ सय ७७ दशमलव १८ छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिन सेतो ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिन बढ्ने संकेत गर्दछ । आरएसआई न्युट्रल जोन ६४ दशमलव १२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ९ दशमलव ७६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजीकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ७ सय ३ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ७ सय २७ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ६ सय ७८ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)