ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्रीन डेभलपमेन्ट बैंक : कम्पनी विश्लेषण (सोमवार, २० जेठ २०७६)

Jun 3, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar (अस)
यस बैंकले यस आर्थिक वर्षको ९ महीनासम्ममा रू. १ करोड १ लाख ५२ हजार खुद नाफा कमाएको छ । गतवर्षको सोही अवधिमा बैंकले रू. २५ लाख २२ हजार खुद नाफा कमाएको थियो । गतवर्ष रू. १६ हजार सञ्चालन मुनाफा रहेको यस कम्पनीले यस वर्ष भने रू. १ करोड २७ लाख ७० हजार मुनाफा गर्न सफल भएको हो । हाल बैंकको चुक्तापूँजी रू. ४० करोड छ । कम्पनीले पूँजीवृद्धिका लागि ४ सय प्रतिशत हकप्रद जारी गरेको थियो । जगेडा कोष रकम रू. १ करोड ८३ लाख ५९ हजार छ । तेस्रो त्रैमाससम्म कम्पनीले रू. ८५ करोड ७१ लाख ६८ हजार निक्षेप संकलन गरेको छ भने रू. १ अर्ब २ करोड ९२ लाख ३९ हजार कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी वार्षिक ४ रुपैयाँ ६ पैसा छ । आइतवार कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा ११ अंक घटेर रू. ११३ कायम भएको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५२ दशमलव ६३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव २२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखासँग जोडिएको छ भने २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. ११३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १२४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ११२ टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)