ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जानकी फाइनान्स : कम्पनी विश्लेषण (सोमवार, २० जेठ २०७६)

Jun 3, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar (अस)
चालू आवको ९ महीनामा जानकी फाइनान्स कम्पनीको नाफा दुई गुणा बढेको छ । यस अवधिमा कम्पनीले रू. ५ करोड ६८ लाख नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले रू. २ करोड ६५ लाख नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा कम्पनीले रू. ७ करोड ३३ लाख खराब कर्जा उठाउनुका साथै खुद ब्याज आम्दानी ३१ प्रतिशत बढेकाले नाफामा वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. ४९ करोड २१ लाख छ । कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) रू. १५ दशमलव ३९, मूल्य आम्दानी अनुपात ११ दशमलव शून्य ५, तरलता अनुपात ३१ दशमलव ४४ र प्रतिशेयर नेटवर्थ रू. १ सय ४६ दशमलव २३ छ । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको छ । यस आवमा पनि कम्पनीले उच्च नाफा कमाएकाले लाभांश धेरै दिन सक्ने अनुमान छ ।

५६ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५७ दशमलव ५२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १ दशमलव २० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. १८१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १८४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १७८ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)