यस बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १ अर्ब २ करोड ३७ लाख ४४ हजार खुद नाफा आर्जन गरेको छ । गतवर्षको सोही अवधिमा कम्पनीको खुद नाफा रू. ६३ करोड ७५ लाख ९१ हजार थियो । यस वर्षको तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. ६१ करोड ७३ लाख ७५ हजार छ । बैंकको चुक्तापूँजी रू. ८ अर्ब ७ लाख ८५ हजार छ । तेस्रो त्रैमासमा रू. ७० अर्ब ४४ करोड ९७ लाख ९३ हजार निक्षेप संकलन गरेको बैंकले रू. ६४ अर्ब ७० करोड १० लाख ८७ हजार कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा १ दशमलव २१ प्रतिशत रहेको बैंकको प्रतिशेयर आम्दानी वार्षिक १७ रुपैयाँ ६ पैसा छ । आइतवारको कारोबारमा बैंकको अन्तिम शेयरमूल्य अघिल्लो कारोबारभन्दा २ अंक घटेर रू. २१० कायम भएको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने अथवा घट्ने कुनै निश्चित संकेत गर्दैन । यस्तो अवस्थामा ‘पर्ख र हेर’को नीति अपनाउनु उचित हुन्छ । आरएसआई न्युट्रल जोन ६३ दशमलव ९७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १ दशमलव शून्य ९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. २१० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २१२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २०४ टेवा पाउने देखिन्छ ।