ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स : कम्पनी विश्लेषण (सोमवार, २० जेठ २०७६)

Jun 3, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar (अस)
वित्त कम्पनीहरूका लागि नेपाल राष्ट्र बैंकले तोकेबमोजिम चुक्तापूँजी पुर्‍याइसकेको यस कम्पनीले गतवर्षको मुनाफाबाट १ दशमलव २३ प्रतिशत बोनस र ८ दशमलव ७७ प्रतिशत नगद लाभांश गरी १० प्रतिशत लाभांश वितरण गरेको छ । राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल केन्द्रीय कार्यालयसहित १३ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । गतवर्षको तेस्रो त्रैमासमा रू. ६ करोड ४९ लाख ९९ हजार खुद नाफा आर्जन गरेको यस कम्पनीले यस वर्ष भने सोही अवधिमा रू. ९ करोड ५७ लाख ३४ हजार नाफा आर्जन गर्न सफल भएको छ । गतवर्ष रू. ९ करोड ९३ लाख १० हजार रहेको सञ्चालन मुनाफा यस वर्ष रू. १४ करोड ९२ लाख ५६ हजार पुगेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड छ भने जगेडा कोष रकम रू. २५ करोड ६० लाख १० हजार छ । कम्पनीले यस वर्षको तेस्रो त्रैमाससम्म रू. ४ अर्ब ४२ करोड ३३ लाख २९ हजार निक्षेप संकलन गरेको छ भने रू. ४ अर्ब १० करोड १९ लाख २५ हजार कर्जा प्रवाह गरेको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५७ दशमलव ७४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ४६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. १५८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १६९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १५३ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)