कैलाश विकास बैंक : कम्पनी विश्लेषण (बुधवार, ११ वैशाख २०७६)
Jun 4, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकले गतवर्षको नाफाबाट शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैंकले चालू आवको चैत मसान्तसम्ममा रू. ३९ करोड ६१ लाख नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधिमा रू. ३९ करोड ९ लाख कमाएको थियो । हाल बैंकको चुक्तापूँजी रू. २ अर्ब ५२ करोड छ । चालू आवको चैत मसान्तसम्ममा बैंकले रू. २९ अर्ब ४८ करोड निक्षेप संकलन गरेको छ भने रू. २६ अर्ब ५४ करोड कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको प्रतिशेयर आम्दानी रू. २१ दशमलव १७, मूल्य आम्दानी अनुपात १० दशमलव ११ र प्रतिशेयर नेटवर्थ रू. १ सय ४१ दशमलव ९९ छ । सोमवार बैंकको शेयर कारोबार खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिमा १६ हजार ३ सय ६५ कित्ता शेयर विक्री गर्ने र ८ हजार ८ सय ४५ कित्ता शेयर खरीद गर्ने माग थियो ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई न्युट्रल जोन ५७ दशमलव १० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ३८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. २ सय ३३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २३७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २२५ मा टेवा पाउने देखिन्छ ।