ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कन्काई विकास बैंक : कम्पनी विश्लेषण (बुधवार, ११ वैशाख २०७६)

Jun 4, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar (अस)
तेस्रो त्रैमासमा बैंकले रू. ४ करोड ४० लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४५ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. ३ करोड १ लाख नाफा कमाएको थियो । तेस्रो त्रैमासमा बैंकले रू. २ करोड ६ लाख खराब कर्जा उठाएकाले र खुद ब्याज आम्दानी बढेकाले नाफामा वृद्धि भएको हो । हाल बैंकको चुक्तापूँजी रू. ५१ करोड ५० लाख छ । बैंकले रिजर्भ कोषमा रू. ८ करोड ६६ लाख छुट्याएको छ । बैंकले शेयरधनीलाई गतवर्षको नाफाबाट ३ प्रतिशत बोनस शेयर र ६ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको छ । ५ दिनयता बैंकको शेयरमूल्य उकालो लागेको छ । सोमवार भएको कारोबारमा बैंकको शेयरमूल्य अघिल्लो दिनभन्दा ८ अंक बढेर रू. १८६ कायम भएको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई ओभरबट जोन ७७ दशमलव १६ विन्दुमा छ । यसले शेयर खरीद चाप बढेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ९ दशमलव १३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. १८६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. १६२ मा टेवा पाउने देखिन्छ । सोमवारको मूल्य ६२ दिनयताकै उच्च मूल्य हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)