ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माछापुच्छ्रे बैंक : कम्पनी विश्लेषण (बुधवार, २२ जेठ २०७६)

Jun 5, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar (अस)
बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले बोर्डमा २०७५ चैत २७ गते निवेदन दिएको हो । ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत संघसंस्थालाई विक्री गर्नेछ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८५ सम्मका लागि ऋणपत्र जारी गर्न सेबोनमा निवेदन दिएको हो । विक्रीप्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड छ । बैंकले चैत मसान्तसम्ममा रू. १ अर्ब २४ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४५ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. ८५ करोड ४० लाख नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा रू. ९८ करोड १८ लाख छ । मंगलवारको शेयर कारोबारमा बैंकको शेयरमूल्य अघिल्लो दिनभन्दा २ अंक बढेर रू. २६७ कायम भएको छ ।

कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा पुच्छर भएको कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्छ । आरएसआई न्यूट्रल जोन ५१ दशमलव ४७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ५७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्य तल छ । मंगलवारको शेयरमूल्य रू. २६७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २७८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २६५ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)