नेपाल हाइड्रो डेभलपर : कम्पनी विश्लेषण (बुधवार, २२ जेठ २०७६)
Jun 5, 2019
 
लगानी
कम्पनी विश्लेषण
गतवर्षको मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गत पुस ९ गते नै गरे पनि कम्पनीले हालसम्म साधारणसभाको मिति तय गरेको छैन । हाल रू. २६ करोड चुक्तापूँजी रहेको कम्पनीले यस वर्षको ९ महीनामा रू. २ करोड ७३ हजार खुद नाफा कमाएको छ । गतवर्षको सोही अवधिमा कम्पनीले रू. १ करोड ४४ लाख ७६ हजार खुद नाफा कमाएको थियो । गतवर्ष विद्युत् विक्रीबाट रू. ८ करोड ५३ लाख ५१ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ७ करोड ५६ लाख ४६ हजार आम्दानी गरेको छ । कम्पनीको जगेडा कोषमा रू. ३ करोड ११ लाख ५० हजार छ । यस कम्पनीले रू. २८ करोड ९२ लाख १५ हजार कर्जा लिएको देखिन्छ । गतवर्ष यसै अवधिमा कर्जा रू. ३५ करोड १२ लाख ४५ हजार थियो । प्रतिशेयर आम्दानी रू. ७ दशमलव ७२ छ भने प्रतिशेयर नेटवर्थ रू. १२५ छ ।
कम्पनीको ५२ दिनको कारोबार अवधिको अन्तिम दिनमा फोर प्राइस डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने अथवा घट्ने कुनै निश्चित संकेत गर्दैन । यस्तो अवस्थामा लगानीकर्ताहरूमा ‘पर्ख र हेर’को अवस्था सृजना भएको छ । आरएसआई ओभरबट जोन ७१ दशमलव ७६ विन्दुमा छ । यसले शेयर खरीद चाप बढेकोे देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशलमव ४९ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. १६३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १७० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १२५ मा टेवा पाउने देखिन्छ ।