ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमा बैंक : कम्पनी विश्लेषण (बुधवार, २२ जेठ २०७६)

Jun 5, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar (अस)
बैंकले चालू आवको तेस्रो त्रैमासमा रू. १ अर्ब ५७ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३० प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. १ अर्ब २० करोड नाफा कमाएको थियो । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब छ । बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गरेको छ । तेस्रो त्रैमाससम्मा बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ११ करोड छ । प्रतिशेयर आम्दानी रू. २६ दशमलव ५२, मूल्य आम्दानी अनुपात ११ दशमलव ९९ र प्रतिशेयर नेटवर्थ रू. १ सय ४० दशमलव ३२ छ । मंगलवारको शेयर कारोबारमा बैंकको अन्तिम शेयरमूल्य अघिल्लो दिनभन्दा १ अंक घटेर रू. ३५३ कायम भएको छ । कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम तीन दिनमा ब्रेकवे बियरिश आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बियरिश ट्रेन्डमा रिभर्स हुने संकेत गर्छ । यसको विश्वसनीयता भने उच्च छ । आरएसआई न्यूट्रल जोन ५० दशमलव ४३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन २ दशमलव १५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्य तल छ । मंगलवारको शेयरमूल्य रू. ३५३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३५९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३४० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)