ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धार्थ बैंक : कम्पनी विश्लेषण (बिहीवार, २३ जेठ २०७६)

Jun 6, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
बैंकले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १ अर्ब ५९ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १५ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. १ अर्ब ३८ करोड नाफा कमाएको थियो । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा रू. ८९ करोड ५३ लाख छ । एनएफआरएस प्रणालीअनुसार बैंकले आर्जन गरेको नाफाबाट विभिन्न शीर्षकमा छुट्याएर बाँकी रहेको नाफा नै वितरणयोग्य नाफा हो । बैंकको चुक्तापूँजी रू. ८ अर्ब ८८ करोड छ । बैंकले गत आवको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ८ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको छ । हालसम्ममा बैंकले १५३ ओटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । मंगलवार बैंकको शेयरमूल्य २ अंक घटेर रू. ३३२ मा बन्द भएको छ । सो दिन ८ हजार ९५८ कित्ता शेयर खरीदविक्री भएको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४४ दशमलव २४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ९९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. ३३२ देखि बजार अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३४० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३१० मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)