ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डिप्रोक्स लघुवित्त : कम्पनी विश्लेषण (बिहीवार, २३ जेठ २०७६)

Jun 6, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले चालू आवको ९ महीनामा रू. २८ करोड ७२ लाख खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ६२ प्रतिशत बढी हो । कम्पनीले २५ प्रतिशत खराब कर्जा संकलन गरेको छ भने खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढाएपछि नाफा बढेको हो । कम्पनीको बोनस वितरणपछि चुक्तापूँजी रू. ७७ करोड ३४ लाख पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ४९ दशमलव ५२ छ । कम्पनीको प्रतिशेयर किताबी मूल्य रू. १८३ दशमलव ११ छ भने तरलता अनुपात ७ दशमलव ८८ प्रतिशत छ । कम्पनीले समीक्षा अवधिमा ७१ ओटा जिल्लामा ११९ शाखा कार्यालय खोली थप सेवासुविधा प्रदान गर्ने योजना लिएको छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४२ दशमलव ७० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १० दशमलव ५७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्य तल छ । मंगलवारको शेयरमूल्य रू. ६९९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ७३० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५९३ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)