नेपाल धितोपत्र बोर्ड र बजार विकास तथा सुधारका २६ वर्ष : एक परिदृश्य
Jun 7, 2019
 
अभियान परिशिष्ट (सप्लिमेन्ट)
बोर्डको स्थापना : नेपाल सरकारबाट विसं. २०५० जेठ २५ मा धितोपत्र बजारको नियमन निकायको रूपमा धितोपत्र बोर्डको स्थापना भयो ।
नेप्सेलाई बजार सञ्चालन अनुमति : २०५० पुस २३ मा बोर्डबाट नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)लाई धितोपत्र बजारको सञ्चालन अनुमति दिइयो ।
बोलकबोलमार्फत दोस्रो बजार कारोबारको शुरुआत : विसं. २०५० माघ २९ देखि खुला बोलकबोल प्रणाली ९इउभल ऋचथ इगत क्थकतझ० मार्फत धितोपत्र बजारबाट कारोबारको शुभारम्भ ।
सामूहिक लगानी कोषको स्थापना : सामूहिक बचत योजनामार्फत बजारमा संस्थागत लगानीकर्ताहरूको समेत प्रवेश गराउने लक्ष्य अनुरूप २०५० सालमा एनआईडीसी क्यापिटल मार्केट्सको एनसीएम म्युचुअल फन्ड र २०५२ सालमा नागरिक लगानी कोषको नागरिक एकांक योजना योजनालाई सञ्चालन अनुमति दिइयो । सामूहिक लगानी योजनाको सुदृढ नियमन व्यवस्था गरी सामूहिक लगानी योजना निष्कासन तथा सञ्चालनलाई व्यवस्थित गर्न सामूहिक लगानी कोष नियमावली, २०६७ जारी गरी २०६७ असोज ११ मा लागू गरियो ।
नेपाल धितोपत्र बोर्ड नामकरण : धितोपत्र कारोबार ऐन, २०४० लाई प्रतिस्थापन गरी धितोपत्रसम्बन्धी अध्यादेश, २०६२ जारी भई धितोपत्र बोर्डलाई नेपाल धितोपत्र बोर्ड नामकरण ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ जारी : विसं. २०६३ मा सो अध्यादेश प्रतिस्थापन गरी जारी भएको धितोपत्र सम्बन्धी ऐन, २०६३ द्वारा बोर्ड एक स्वशासित र संगठित नियमन निकायको रूपमा स्थापित । सोअनुरूपको नियमावली, विनियमावली तथा निर्देशिकाहरू तर्जुमा ।
सहायक कम्पनीमार्फत मर्चेन्ट बैंकिङ व्यवसायको सञ्चालन : मर्चेन्ट बैंकिङ सेवालाई व्यवस्थित, पारदर्शी बनाउनुपर्ने आवश्यकता अनुरूप बैंक तथा वित्तीय संस्थाबाट गरिने मर्चेन्ट बैंकिङ व्यवसायलाई बोर्डको नियमन परिधिभित्र ल्याउने उद्देश्यले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ६२ ले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो पूँजी लगानीमा छुट्टै सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गर्न मिल्ने व्यवस्था भएकोे ।
नेप्सेको संरचनात्मक सुधार : विसं. २०६५ वैशाख २१ मा बसेको २६औं वार्षिक साधारणसभाको निर्णय बमोजिम गैर मुनाफाकारी संस्थाको रूपमा रहेको नेप्सेलाई मुनाफाकारी संस्थामा लैजाने, सञ्चालक समितिमा ब्रोकरको प्रतिनिधित्व हटाई विज्ञ राख्ने निर्णय ।
ओटीसी बजारको शुरुआत : सूचीकरणबाट हटेका, खारेज गरिएका तथा सूचीकृत नभएका वा सूचीकरणका लागि योग्यता नपुगेका धितोपत्रको खरीद–विक्री कार्यलाई व्यवस्थित गर्न आवश्यक ओटीसी बजार सञ्चालनका लागि बोर्डले ओटीसी बजार सञ्चालन विनियमावली, २०६५ स्वीकृत गरेसँगै नेप्सेद्वारा २०६५ जेष्ठ २२ मा ओटीसी इकाइको स्थापना ।
वास्तविक समय सुपरिवेक्षण गर्ने प्रणाली (RealTime Surveillance System) को विकास : धितोपत्र बजारमा हुने धितोपत्रको दैनिक कारोबारको अनुगमनका लागि बोर्डले नेप्सेसँग सीधा सम्पर्क स्थापना गरी विद्युतीय माध्यमबाट प्रत्येक दिन धितोपत्र कारोबार गर्ने व्यक्ति तथा संस्था लगायत कारोबार भएको संगठित संस्था, कारोबार मूल्य र शेयर संख्या सम्बन्धमा निरन्तर अनुगमन गर्न वास्तविक समय सुपरिवेक्षण गर्ने प्रणाली (Real Time Surveillance System) को विकास गर्यो ।
सर्किट ब्रेकर प्रणालीको शुरुआत : धितोपत्रको मूल्यमा हुने अस्वाभाविक उतार चढावलाई नियन्त्रण गरी बजारमा हुने अस्वाभाविक जोखिमलाई कम गर्न विसं. २०६३ देखि सर्किट ब्रेकर (Circuit Breaker) पद्धतिको शुरुआत ।
विभिन्न नेप्से सूचकांकहरूको विकास : दोस्रो बजारमा कारोबार भएका धितोपत्रहरूको औसत मूल्यको मापन गर्न यस अवधिमा नेप्सेमा नेप्से फ्लोट सूचकांक, नेप्से सेन्सिटिभ सूचकांक र सेन्सेटिभ फ्लोट सूचकांक लगायत सूचीकृत कम्पनीहरूको समूहगत परिसूचकहरू विकास गरिएको थियो ।
केन्द्रीय निक्षेप कम्पनीको स्थापना : भौतिक रूपमा रहेको धितोपत्रहरूलाई अभौतिकीकृत गरी धितोपत्रको विद्युतीय अभिलेख राख्ने केन्द्रीय निक्षेप प्रणालीको मर्मअनुरूप धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६४ को व्यवस्था बमोजिम २०६७ सालमा नेप्सेको पूर्ण स्वामित्वमा सीडीएस एन्ड क्लियरिङ लि. (सीडीएससी)को स्थापना भयो । यसले अभौतिक धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्योट सेवा प्रदान गर्दै आएको छ ।
क्रेडिट रेटिङ कम्पनीको स्थापना : सूचीकृत कम्पनी तथा यस्ता कम्पनीले निष्कासन गर्ने धितोपत्रहरूको रेटिङ गरी लगानीकर्तालाई जोखिमको मात्रासम्बन्धी जानकारी दिने उद्देश्यले क्रेडिट रेटिङ नियमावली, २०६८ मा भएको व्यवस्था अनुरूप बोर्डले २०६९ सालमा एक क्रेडिट रेटिङ कम्पनीलाई सञ्चालन अनुमति प्रदान गरेको थियो ।
सहायक कम्पनीमार्फत मर्चेन्ट बैंकिङ व्यवसायको सञ्चालन : मर्चेन्ट बैंकिङ सेवालाई व्यवस्थित, पारदर्शी बनाउनुपर्ने आवश्यकता अनुरूप बैंक तथा वित्तीय संस्थाबाट गरिने मर्चेन्ट बैंकिङ व्यवसायलाई बोर्डको नियमन परिधिभित्र ल्याउने उद्देश्यले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ६२ ले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो पूँजी लगानीमा छुट्टै सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गर्न मिल्ने व्यवस्था गर्यो ।
प्राथमिक निष्कासनमा डिम्याट खाता अनिवार्य : प्राथमिक बजारको आधुनिकीकरण गर्ने क्रममा २०७३ साउन १ गतेदेखि काठमाडौं उपत्यका र २०७३ माघ १ गतेदेखि नेपालभरि सार्वजनिक निष्कासनमा दरखास्त दिने दरखास्तवालाहरूले आफ्नो डिम्याट खाता दरखास्त फाराममा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने तथा सोही खातामा बाँडफाँट भएको शेयर जम्मा हुने व्यवस्था लागू ।
आस्बा (ASBA) प्रणाली लागू : सार्वजनिक निष्कासन कार्यलाई थप सरल, व्यवस्थित, पारदर्शी बनाई निष्कासन लागतमा कमी ल्याउने उद्देश्यले धितोपत्र खरीद (सार्वजनिक निष्कासन)मा आस्बा प्रणाली २०७३ माघदेखि स्वैच्छिक र २०७४ साउनदेखि अनिवार्य लागू । हाल ६३ बैंक तथा वित्तीय संस्थाले देशको ७७ जिल्लाका ७०० भन्दा बढी स्थानीय तहबाट लगानीकर्तालाई आस्बा सेवा प्रदान ।
वास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमार्फत पूँजी परिचालनमा प्रोत्साहन : धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरूलाई प्रवेश गराउन आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमा पब्लिक कम्पनीको रूपमा स्थापना हुने उद्योग व्यवसायलाई आयकरमा १५ प्रतिशत छूट दिने व्यवस्था भए बमोजिम तात्कालीन नियमावली परिमार्जन गरी बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ जारी गरी मङ्सिर १ देखि लागू गरी वास्तविक क्षेत्रका संगठित संस्थाले न्यूनतम १० प्रतिशत र अधिकतम ४९ प्रतिशतसम्म सार्वजनिक निष्कासन गर्न पाउने, निश्चित मापदण्ड पूरा गरी प्रिमियम मूल्यमा शेयर जारी गर्न सक्ने व्यवस्था गरेको छ ।
अन्तरराष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने व्यवस्था : त्यस्तै धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ मार्फत क्ष्लतभचलबतष्यलब िँष्लबलअभ ऋयचउयचबतष्यल ९क्ष्ँऋ०, ब्कष्बल म्भखभयिऊभलत द्यबलप ९ब्म्द्य० जस्ता अन्तरराष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने ढोका खुलेसँगै पूँजी बजारको माध्यमबाट पूवार्धार तथा अन्य विकास आयोजना मार्फत नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने वातावरणको सृजना भएको छ । स्थानीय मुद्रामा ऋणपत्र जारी गर्दा विदेशी मुद्रा विनिमय दरको जोखिम न्यूनीकरण हुने तथा मुद्रास्फीतिको चापमा समेत कमी हुने भएको छ ।
धितोपत्रको सार्वजनिक निष्कासनमा १० कित्ता पाउने समावेशी वितरण प्रणाली शुरुआत : धितोपत्र बाँडफाँट प्रणालीमा ४० प्रतिशत धितोपत्र साना लगानीकर्ता र ६० प्रतिशत धितोपत्र अन्य लगानीकर्ताका लागि वितरण गर्ने व्यवस्था रहेकोमा यसलाई न्यायपूर्ण बनाउन आस्बा प्रणाली लागू भएपश्चात् सबै आवेदकलाई कम्तीमा १० कित्ता वा १० को गुणामा धितोपत्र बाँडफाँट गर्ने नयाँ प्रणालीको शुरुआत भएको छ । न्यूनतम १० कित्ताका लागि पनि आवेदन गर्न सक्ने व्यवस्थाले विद्यार्थीसहित स–साना पूँजी भएको वर्ग समेतको सहभागिता बढ्ने र चालू आर्थिक वर्षको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानमा समेत व्यापक सहभागिता बढ्ने देखिएको छ ।
धितोपत्र सार्वजनिक निष्कासनमा प्राकृतिक व्यक्तिले मात्र आवेदन दिन पाउने व्यवस्था : संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्कासनमार्फत जारी गरेको शेयर खरीदका लागि प्राकृतिक व्यक्तिले मात्र दरखास्त दिन सक्ने, तर पूरा विक्री नभएमा मात्र अन्यले पनि दरखास्त दिन सक्ने व्यवस्था गरी लगानीकर्ताहरूकोे सहभागिता बढाई धितोपत्रको दोस्रो बजार समेत व्यापक बनाउने प्रयास थालिएको छ ।
धितोपत्र प्रत्याभूत गराउनुपर्ने व्यवस्था : संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण बमोजिम प्रतिशेयर खुद सम्पत्ति प्रति शेयर अंकित मूल्यभन्दा कम भएमा, सबैभन्दा न्यून रेटिङ प्राप्त गरेमा वा अंकित मूल्यभन्दा बढी मूल्यमा वा प्रिमियम थप गरी निष्कासन गर्ने भएमा सम्पूर्ण धितोपत्रको प्रत्याभूत गराउनु पर्ने व्यवस्था गरिएको छ ।
सार्वजनिक निष्कासन प्रक्रियाको समयावधि छोट्ट्याइएको : सार्वजनिक निष्कासन कार्यलाई थप सरल, व्यवस्थित, पारदर्शी तथा निष्कासन लागतमा कमी ल्याउने उद्देश्यले धितोपत्र खरीद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३ बोर्डले २०७३ माघदेखि लागू गरेको छ । आस्बा Application Supported by Blocked Amount -ASBA_ प्रणाली अनिवार्य रूपमा लागू भएपछि बाँडफाँट अवधि घटन गर्ई आईपीओ निष्कासनदेखि कारोबारसम्म लाग्ने ६ महीनाको समयावधि ४० दिनमा झरेको छ ।
धितोपत्रको प्रिमियम गणना विधि र प्रक्रिया निर्धारण : प्रारम्भिक सार्वजनिक निष्कासन गर्न चाहने संगठित संस्थाको धितोपत्रको प्रिमियम गणना गर्दा पछिल्लो ३ वर्षको पूँजीकृत भएको आम्दानी (Capitalised Earning), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (Discounted Cash flow) र अन्तरराष्ट्रिय प्रचलनको आधारमा मूल्यांकनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कूल मूल्यको औसत मूल्य र संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रतिशेयर नेटवर्थको ४ गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ, सो रकमलाई प्रिमियम कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।
हकप्रद तथा बोनस शेयर डिम्याट खाता र नगद लाभांश लगानीकर्ताको बैंक खातामा जाने व्यवस्था : २०७२ माघदेखि धितोपत्रको अभौतिक रूपमा मात्र कारोबार भइरहेको अवस्थामा लगानीकर्ताको थप सहजताका लागि सूचीकृत कम्पनीहरूले प्रदान गर्ने हकप्रद तथा बोनस शेयर अभौतिक रूपमा लगानीकर्ताको डिम्याट खातामा प्रदान गर्ने व्यवस्था भएको छ ।
थप निष्कासन (FPO) को मूल्य निर्धारणका मापदण्ड तयार : थप निष्कासन (Further Public Offerings, FPO), को मूल्य निर्धारणमा पूँजीकृत भएको आम्दानी, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य, बोर्डमा निवेदन दिनुभन्दा ७ कार्य दिनअघिको १८० दिनको औसत बजार मूल्य गणना गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य गणना गर्नुपर्ने र सो मूल्य संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रतिशेयर नेटवर्थको ४ गुणाले हुन आउने मूल्यमा जुन कम हुन आउँछ, सो मूल्यलाई प्रिमियम कायम गर्नुपर्ने र एकपटक थप निष्कासन गरिसकेपछि ५ वर्षसम्म थप निष्कासन गर्न नपाउने व्यवस्था गरिएको छ ।
धितोपत्र सार्वजनिक निष्कासनमा C-ASBA प्रणालीको शुरुआत : सार्वजनिक निष्कासन कार्यलाई थप सरल र व्यवस्थित बनाउने उद्देश्य बमोजिम सीडीएसले प्रस्तुत गरेको धितोपत्र सार्वजनिक निष्कासनको केन्द्रीकृत विद्युतीय सेवा कार्य सञ्चालन निर्देशिका, २०७४ बोर्डबाट स्वीकृत भएपछि धितोपत्रको प्राथमिक बजारलाई स्वचालित बनाउन धितोपत्र सार्वजनिक निष्कासनको केन्द्रीकृत विद्युतीय सेवा कार्य सञ्चालन (ऋ(ब्क्द्यब्) प्रणालीको शुरुआत भएको छ ।
धितोपत्रको हकप्रद निष्कासनमा समेत आस्बा प्रणालीबाट आवेदन दिन सक्ने व्यवस्था : बोर्डले धितोपत्रको हकप्रद निष्कासनमा समेत आस्बा प्रणालीमार्फत आवेदन गर्न सक्ने र विक्री नभएको हकप्रद शेयरको लिलाम प्रक्रियामा उपत्यका बाहिरका लगानीकर्तालाई समेत आवेदन दिन सक्ने व्यवस्था गराउन सम्पूर्ण मर्चेन्ट बैंकरहरू र आस्बा सदस्यहरूलाई २०७४ कात्तिक १२ मा निर्देशन दिएको छ । बोर्डले उद्योग वा आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई समेत २०७५ फागुन १ गतेदेखि एैच्छिक रूपमा आस्बा प्रणालीमार्फत आवेदन दिने व्यवस्था गरेको छ ।
धितोपत्रको दोस्रो बजार पूर्ण स्वचालित (Full Automation) : नेपालमा धितोपत्रको कारोबार प्रणाली विसं. २०६४ मा नै स्वचालित भइसकेकोमा विद्युतीय नामसारी र राफसाफ सेवाको पूर्ण स्वचालित सञ्चालनका लागि २०७२ माघदेखि सम्पूर्ण सूचीकृत कम्पनीहरूको अभौतिकीकृत धितोपत्रको मात्र कारोबार हुनेगरी पूर्ण स्वचालित सेवा ९ँगिि ब्गतयmबतष्यल० अर्थात् कारोबार, नामसारी र राफसाफको स्वचालित सञ्चालन व्यवस्था भएको छ ।
धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्योट व्यवस्थामा सुधार : धितोपत्र राफसाफ तथा फछ्र्योट विनियमावली, २०६९ को व्यवस्था बमोजिम धितोपत्र तथा रकमको राफसाफ सम्बन्धमा त्ंद्द मा नै पे–इन गर्न लगाउने, त्ंघ मा खरीदकर्ताको खातामा धितोपत्र तथा विक्रीकर्ता खातामा रकम जम्मा हुने र लगानीकर्ताले ढिलोमा कारोबार भएको चौथो दिनभित्र धितोपत्र तथा रकम पाउने व्यवस्था भएको छ ।
तीन क्लियरिङ बैंक थप : दोस्रो बजारमा धितोपत्रको कारोबार वृद्धि हुँदै गएकाले भुक्तानी प्रक्रियालाई सहज बनाउन क्लियरिङ बैंक थप्न नेप्से र सीडीएसलाई २०७२ माघमा निर्देशन दिइएकोमा क्लियरिङको कार्य गर्न तीन बैंक थपिएका छन् । ग्लोबल आईएमई बैंक लि., सिद्धार्थ बैंक लि. नेपाल इन्भेस्टमेन्ट बैंक लि., प्रभु बैंक लि.ले यसको जिम्मेवारी पाएका छन् ।
बजारको गहिराई हेर्ने व्यवस्था : बोर्डको निर्देशनमा नेप्सेले सम्पूर्ण लगानीकर्ताहरूलाई धितोपत्रको माग तथा आपूर्तिको जानकारी लिन सक्नेगरी २०७३ पुस १२ देखि बजारको गहिराइ (Market Depth) हेर्ने व्यवस्था गरेको छ । यसले लगानीकर्ताहरूलाई आफ्नो खरीदविक्री आदेश के कुन मूल्यमा दिन उपयुक्त हुन्छ भन्ने निर्णय गर्न सहज भएको छ ।
ओटीसी बजारको विकास र कारोबार शुल्कमा कटौती : बोर्डले नेप्सेलाई ओटीसी बजार व्यवस्थित गर्न निर्देशित गरेपश्चात् आव २०७२÷७३ मा नेप्सेमा ओटीसी बजारमार्फत शेयर कारोबार सक्रिय हुनुका साथै ओटीसी बजारको कारोबार शुल्क समेत ९० प्रतिशतसम्म कटौती गरिएको छ ।
बडापत्र र ट्रेडिङ विन्डोको व्यवस्था : बोर्डको निर्देशन बमोजिम सम्पूर्ण धितोपत्र व्यवसायीहरूले प्रदान गर्ने सेवाको पूर्ण जानकारी दिन आफ्नो कार्यालयमा बडापत्रको व्यवस्था गर्नुका साथै महिला, अपांगता भएका तथा बालबालिकालाई समेत समेट्ने गरी दलाल व्यवसायीको ट्रेडिङ फ्लोरमा थप ट्रेडिङ विन्डो उपलब्ध गराउने व्यवस्था भएको छ ।
मर्चेन्ट बैंकरको कार्यक्षेत्र थप तथा चुक्ता पूँजीवृद्धि : मर्चेन्ट बैंकरको वित्तीय अवस्था सुदृढ गराई मर्चेन्ट बैंकरको प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गराउने उद्देश्यसहित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ मा संशोधन गरी २०७४ साउन ३ गते देखि लागू गरिएको छ । उक्त नियमावलीले मर्चेन्ट बैंकरको कार्य क्षेत्रमा संस्थागत परामर्शदाताको कार्य थप, चुक्ता पूँजी ३ गुणाभन्दा बढीले वृद्धि, प्रत्याभूति (अन्डरराइटिङ) वा लगानी व्यवस्थापन गरिने रकमको सीमा लगायतका व्यवस्था गरेको छ ।
मर्चेन्ट बैंकिङमा अन्य सुधार तथा विकास : बोर्डले मिति २०७४ मङ्सिर ३ देखि मर्चेन्ट बैंकरहरूलाई हितग्राहीप्रति संवेदनशील हुन, उपलब्ध गराउने सेवासम्बन्धी बडापत्र राख्न र नाफाको निश्चित प्रतिशत कर्मचारीको तालीम तथा विकासमा खर्च गर्न निर्देशन दिँदै आफू आधारभूत शेयरधनी रहेको तथा आफ्नो मुख्य कम्पनी र आफू आधारभूत शेयरधनी रहेको कम्पनीको धितोपत्रको निष्कासन तथा विक्री प्रबन्धसम्बन्धी कार्य र धितोपत्रको प्रत्याभूति गर्न नपाउने व्यवस्था लागू गरेको छ ।
दलाल व्यवसायी सेवा शुल्कमा कटौती : दक्षिण एशियामा नै उच्च रहेको नेपालको धितोपत्र कारोबारमा लाग्ने दलाल व्यवसायी शुल्कलाई समसामयिक बनाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल, व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को २०७३ साउनमा संशोधनगरी दलाल व्यवसायी शुल्कमा ४० प्रतिशतसम्म कटौती गरी लगानीकर्तामैत्री बनाई सेवालाई थप प्रतिस्पर्धी बनाइएको छ ।
धितोपत्र दलाल व्यवसायीको पूँजीवृद्धि : धितोपत्र दलाल व्यवसायीको चुक्तापूँजी रू. २० लाख रहेकामा धितोपत्र दलाल कम्पनीको पूँजीगत स्थिरता, क्षमता अभिवृद्धि, जोखिम वहन क्षमता वृद्धि लगायत मार्जिन कारोबार शुरू गर्न आधार स्तम्भको रूपमा उक्त कम्पनीहरूको चुक्तापूँजी २०७४ पुस मसान्तभित्र रू. २ करोड हुनुपर्ने गरी वृद्धि गरी मार्जिन कारोबारका लागि धितोपत्र दलाल व्यवसायीको नेटवर्थ कम्तीमा रू. ५ करोड हुनुपर्ने व्यवस्था गरिएको छ ।
धितोपत्र दलाल व्यवसायीको पूर्वाधार सम्बन्धमा व्यवस्था : धितोपत्र दलाल व्यवसायीको शाखा विस्तारलाई व्यवस्थित गर्न मुख्य कार्यालय तथा शाखा कार्यालयको न्यूनतम क्षेत्रफल, प्रमुखको योग्यता, परिपालन (कम्प्लायन्स) अधिकृत तथा सूचना प्राविधिकसहित न्यूनतम कर्मचारीको व्यवस्था, कारोबारको शीघ्रता, कम्प्युटर, इन्टरनेट, विद्युत्, कारोबार र प्रदर्शन कक्ष सीसीटीभी फर्निचर, फिक्सचर्स तथा कार्यालय सामग्रीको व्यवस्था र शाखा सञ्चालन कार्यविधि समेत उल्लेख गरी नियमावली संशोेधन भएको छ ।
संघीय संरचनाअनुसार धितोपत्र दलाल व्यवसायी थप गर्ने : बोर्डले संघीय संरचना अनुसार धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्ने कार्य अगाडि बढाउने सम्बन्धमा २०७५ मङ्सिर १७ मा नेप्सेलाई निर्देशन दिएको छ ।
वस्तु विनिमय बजार ऐन, २०७४ लागू : वस्तु विनिमय बजारको विकास तथा सञ्चालन, लगानीकर्ताको संरक्षण, वस्तुको कारोबार, राफसाफ तथा फछ्र्योट र वेयरहाउस सञ्चालन सम्बन्धी व्यवसायलाई नियमन गर्न बनेको वस्तु विनिमय बजार ऐन, २०७४ २०७४ भदौ ११ मा प्रमाणीकरण भएपछि यस बजारको नियमन जिम्मेवारी नेपाल धितोपत्र बोर्डले पाएको छ ।
वस्तु विनिमय बजारसम्बन्धी नियमावली, २०७४ लागू : नेपाल सरकारले मिति २०७४ भदौ ११ मा लागू गरेको वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ कार्यान्वयनका लागि बोर्डले ३ महीनाभित्र यससम्बन्धी नियमावली बनाउनुपर्ने व्यवस्था अनुरूप बोर्डले नेपाल सरकारको स्वीकृतिमा मिति २०७४ मंसिर ९ मा वस्तु विनिमय बजारसम्बन्धी नियमावली, २०७४ बनाई लागू गरेको छ ।
विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लागू : बोर्डले प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड, हेज फन्ड जस्ता वैकल्पिक लगानी कोष प्रोत्साहन गर्न ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७५’ बनाई नेपाल सरकारको स्वीकृतिमा मिति २०७५ फागुन २२ देखि लागू गर्ने निर्णय गरेको छ । यसले परम्परागत लगानीको सट्टा नवीनतम ज्ञान, शीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
क्रेडिट रेटिङ नियमावली, २०६८ मा पहिलो संशोधन : क्रेडिट रेटिङ व्यवसायलाई नियमित र थप व्यवस्थित गर्ने उद्देश्यले क्रेडिट रेटिङ नियमावली, २०६८ लाई २०७४ वैशाख २२ मा दोस्रो संशोधन गरिएको छ । तोके बमोजिम योग्यता पुगेका विदेशमा स्थापित भई क्रेडिट रेटिङ व्यवसाय गरिरहेका संस्था वा सहायक कम्पनी मार्फत क्रेडिट रेटिङ गरिरहेका संस्थाले कम्तीमा ५१ प्रतिशत र बढीमा ७५ प्रतिशत स्वामित्व ग्रहण गरी प्रचलित कानून बमोजिम नेपालमा संयुक्त लगानीमा कम्पनी स्थापना गरी क्रेडिट रेटिङ व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था भएको ।
सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ जारी तथा लागू : बोर्डले सूचीकृत संगठित संस्थाहरूको कामकारबाहीलाई नियमित तथा व्यवस्थित गरी शेयरधनी लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति सम्बन्धित संस्थालाई उत्तरदायी बनाई धितोपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन मिति २०७५ साउन १ देखि लागू हुनेगरी २०७४ माघ २५ मा सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ जारी गरेको थियो ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४ लागू : धितोपत्र व्यवसायमा संलग्न सवैलाई जिम्मेवार बनाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहित तथा नियन्त्रण गर्ने उद्देश्यले साविकको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ खारेज गरी बोर्डबाट मिति २०७४ चैत २९ मा जारी भएको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४ २०७५ वैशाख १ गतेदेखि लागू गरिएको छ ।
मार्जिन कारोबारसम्बन्धी व्यवस्था : अन्तरराष्ट्रिय धितोपत्र बजारमा उपलब्ध भइरहेका सेवाहरूलाई नेपालको धितोपत्र बजारमा समेत उपलब्ध गराई यस बजारलाई अन्तरराष्ट्रियस्तरको बनाउन धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्न बोर्डले मार्जिन कारोबारसम्बन्धी कार्यविधि बनाई पेश गन नेप्से र धितोपत्र दलाल व्यवसायीलाई निर्देशन दिँदै सोसम्बन्धी केही नीतिगत व्यवस्थाहरू गरेको छ । मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४ मार्जिन कारोबारसम्बन्धी ऋणको ब्याजदर तथा अनुगमनसम्वन्धी विशेष व्यवस्था पनि समावेश ।
खुलामुखी सामूहिक लगानी योजना : बोर्डले धितोपत्र बजारमा नयाँ वित्तीय औजार भिœयाउने क्रममा खुलामुखी सामूहिक लगानी कोष योजना सञ्चालन गर्न एक योजना व्यवस्थापकलाई २०७६ वैशाख १५ मा अनुमति प्रदान गरेको छ ।
IOSCO को सदस्यता : बोर्डले धितोपत्र नियमन निकायहरूको अन्तरराष्ट्रिय संस्था (International Organisation of Securities Commissions -IOSCO)को एशोसिएट सदस्यता प्राप्त गरेको छ । यससँगै बोर्ड अन्तरराष्ट्रिय मापदण्ड बमोजिमको नियमन निकायको रूपमा स्थापित भएको छ । नेपालको धितोपत्र बजारले पनि अन्तरराष्ट्रिय क्षेत्रमा पहिचान पाएकोे छ ।
ANNA को सदस्यता : धितोपत्र बजारको अन्तरराष्ट्रियकरण गरी स्तर अभिवृद्धि गर्न बोर्डको समन्वय एवं सक्रियतामा सीडीएस एन्ड क्लियरिङ लि.ले जुन २०१६ मा ब्ककयअष्बतष्यल या ल्बतष्यलब िल्गmदभचष्लन ब्नभलअष्भक ९ब्ल्ल्ब्० को ९२औं सदस्यता प्राप्त गरेको छ । सीडीएसले २०६९ जेठ २ मा ब्ल्ल्ब्बाट क्ष्लतभचलबतष्यलब िक्भअगचष्तष्भक क्ष्मभलतषष्अबतष्यल ल्गmदभच, क्ष्क्क्ष्ल् प्रदान गर्ने अधिकार पाएको हो ।
OECD INFE को सदस्यता : बोर्डले जनवरी १, २०१९ देखि लागू हुनेगरी वित्तीय साक्षरता प्रवद्र्धन तथा ज्ञान अभिवृद्धि गर्न अन्तरराष्ट्रिय संस्था, इभ्ऋम् क्ष्ल्ँभ् ९इभ्ऋम्को क्ष्लतभचलबतष्यलब िल्भतधयचप या ँष्लबलअष्ब िभ्मगअबतष्यल०को पूर्ण सदस्यता प्राप्त गरेको छ । बोर्डले उक्त संस्थाको प्राविधिक समिति, सल्लाहकार समिति तथा विभिन्न कार्यगत समूहमा सहभागी भई इभ्ऋम् क्ष्ल्ँभ् र यसअन्तर्गत सञ्चालन हुने वित्तीय साक्षरतासम्बन्धी गतिविधिमा सक्रिय सहभागिता देखाउन पाउनेछ ।
ब्ँक्ष्भ् र क्ब्क्च्ँ को सदस्य ः सन् २०१० मा स्थापित ब्कष्ब ँयचगm ायच क्ष्लखभकतयच भ्मगअबतष्यल ९ब्ँक्ष्भ्० को संस्थापक सदस्यको रूपमा रहेको छ भने सार्क क्षेत्रका नियमन निकायहरूको संघ ९क्यगतज ब्कष्बल क्भअगचष्तष्भक च्भनगबितयचक ँयचगm, क्ब्क्च्ँ० को सदस्यको रूपमा पनि रहेको छ ।
नागरिक लगानी कोषलाई संस्थागत लगानीकर्ताको रूपमा सहभागी गराउने : धितोपत्र बजारमा स्थायित्व कायम हुने वातावरण तयार गर्ने उद्देश्यले नागरिक लगानी कोषलाई संस्थागत लगानीकर्ताको रूपमा दोस्रो बजारमा सहभागी गराउने सन्दर्भमा बोर्डको संयोजनमा प्राविधिक पक्षको अध्ययन कार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६९/७० मा उक्त कोषद्वारा गठित प्राविधिक समितिले बोर्डसँग समन्वय गरी अध्ययन प्रतिवेदन पेश गरेको थियो ।
नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्न नीतिगत निर्णय : बोर्डले धितोपत्र बजारलाई थप व्यवस्थित, प्रतिस्पर्धी, पारदर्शी, आधुनिक तथा अन्तरराष्ट्रियस्तरको बनाउनुका साथैै बढ्दो अर्थतन्त्र र पूँजी बजार विकासको आवश्यकतालाई सम्बोधन गर्न थप एक स्टक एक्सचेञ्ज प्रवेश गराउने सम्बन्धमा बोर्ड सञ्चालक समितिको २०७४ वैशाख २६ को बैठकले नीतिगत निर्णय गरेको छ ।
विश्व लगानीकर्ता सप्ताह सञ्चालन : क्ष्इक्ऋइ ले आह्वान गरे अनुरूप बोर्डले विश्व लगानीकर्ता सप्ताह २०१८ को अवसरमा ‘समृद्ध नेपालको आर्थिक आधार : गतिशील, विश्वसनीय तथा देशव्यापी पूँजीबजार’ भन्ने मूल नारासहित असोज १५ देखि २१ सम्म आयोजना गरेका कार्यक्रमहरू भव्यतापूर्वक सम्पन्न भएका छन् । बोर्डले २०१७ अक्टोबरमा पनि परीक्षण विश्व लगानीकर्ता सप्ताह ९एष्यित ध्यचमि क्ष्लखभकतयचक ध्भभप० भव्यताका साथ सम्पन्न गरेको थियो ।
नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबीच सूचना आदान प्रदान सम्झौता : बोर्डले २०७४ कात्तिक २० मा बैंकिङ सूचना आदान प्रदान तथा पारस्परिक सहयोगसम्बन्धी नेपाल राष्ट्र बैंकसँग द्विपक्षीय समझदारी तथा सहयोग सम्झौता गरेको छ ।
प्रथम पूँजी बजारसम्बन्धी प्रदर्शनी–२०७५ सम्पन्न : पूँजी बजारको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्य अनुरूप बोर्डले रजत जयन्ती वर्षको अवसरमा २०७५ वैशाख २६ र २७ गते आयोजना गरेको प्रथम पूँजी बजारसम्बन्धी प्रदर्शनी, २०७५ मा भृकुटीमण्डप काठमाडौंंमा सम्पन्न भएकोे छ ।
प्रथम प्रादेशिक पूँजीबजार प्रदर्शनी–२०७५ सम्पन्न : प्रदेश नं. १ को राजधानी विराटनगरमा विश्व लगानीकर्ता सप्ताहको अवसरमा पहिलो प्रादेशिक पूँजी बजार प्रदर्शनीको भव्यतापूर्वक सम्पन्न भएको छ । २०७५ असोज १९ र २० गते नेपालको औद्योगिक नगरीमा आयोजना भएको उक्त प्रदर्शनीको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश प्रदेश नं. १ का माननीय मुख्यमन्त्री श्री शेरधन राईले गर्नुभएको थियो ।
नियमित पाक्षिक लगानीकर्ता प्रशिक्षण कार्यक्रमको शुरुआत : बोर्डले नयां लगानीकर्ताहरूलाई जनचेतना अभिवृद्धि गर्दै जिज्ञासाहरू सम्बोधन गर्ने उद्देश्यले गर्न स्टक एक्सचेन्जसँगको सहकार्यमा २०७५ साउन २५ शुक्रवार पहिलो पाक्षिक लगानीकर्ता प्रशिक्षण कार्यक्रमको शुरुआत गरी त्यसलाई निरन्तरता दिँदै आएको छ ।
बोर्ड सदस्य तथा कर्मचारीमा आचार संहिता लागू : बोर्डले आफ्नो नियमन कार्य निष्पक्षतापूर्वक सम्पन्न गर्न मिति २०७४ साउन २० मा ‘नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता, २०७४’ तर्जुमा गरी लागू गरेको छ । यसअघि बोर्डले आफ्ना कर्मचारीहरूका लागि २०७३ चैत ४ देखि लागू हुनेगरी नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूको आचारसंहिता, २०७३ लागू गरेको थियो ।
अध्ययन, अनुसन्धान र प्रकाशन : बोर्डले धितोपत्र र वस्तु विनिमय बजारको विविध पक्षका बारेमा अध्ययन र अनुसन्धान गरी तिनको प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा सुझाव दिने कार्य पनि गर्दै आएको छ । बोर्डले नेपाल धितोपत्र बोर्ड, एक परिचय, नेपाल धितोपत्र बोर्ड समाचार, बोर्डको रजतजयन्ती प्रकाशन ‘नेपाल धितोपत्र बोर्डका २५ वर्ष’, ‘नेपाल धितोपत्र बोर्ड पूँजीबजार लेख विशेषांक’ 'Quarterly Securities Market Indicators, Vol- I & IIÚ …Securities Board of Nepal-An Introduction' नेपाल धितोपत्र बोर्ड, रजत जयन्ती वर्ष स्मारिका २०७५, पूँजी बजारसम्बन्धी साक्षरता, ‘नेपाल धितोपत्र बोर्ड पूँजी बजार लेख विशेषांक’ २०७५, धितोपत्र तथा वस्तु बजारसम्बन्धी विशेष कानूनी संग्रह २०७५ आर्थिक, बैंकिङ तथा धितोपत्र बजारसम्बन्धी प्रादेशिक परिसूचक, २०७५, नेपाल धितोपत्र बोर्ड पूँजी बजार लेख विशेषांक २०७६, पूँजीबजार साक्षरता संक्षेपमा, २०७६, धितोपत्र बजार सुधार र विकासमा बोर्डका आयामहरू, Quarterly
Securities Market Indicators,, सेबोन जर्नल २०७६, सहित पर्चा, पम्पलेट प्रकाशन गरी वितरण गरेको छ । धितोपत्र बजारमा बारम्बार सोधिने प्रश्नहरूको सँगालो तथा धितोपत्र बजारमा बारम्बार प्रयोग हुने शब्दहरूलाई समेटेर धितोपत्र बजार शब्दावली पुस्तिका प्रकाशन गरी वितरण गर्दै आएको छ ।