काठमाडौं (अस)। गत साताको तुलनामा नेप्से परिसूचक ३४ दशमलव ८८ अंकले घटेको छ । गत साताको अन्तिम दिन जेठ १६ गते १ हजार ३१९ दशमलव ४७ विन्दुमा बन्द भएको थियो भने यस साताको अन्तिम दिन जेठ २३ गते १ हजार २८४ दशमलव ५९ विन्दुमा बन्द भएको छ । यस साताको तुलनामा नेप्से परिसुचक २१ दशमलव शून्य ९ अंकले घटेकोे छ ।
साताको शूरुको दिन आइतवार नेप्से १ हजार ३०५ दशमलव ६८ विन्दुमा बन्द भएको थियो । सोपछि बजार १हजार ३०० विन्दुभन्दा तल आइपुगेको हो । सातामा नेप्से आइतवारदेखि बिहीवारसम्म घटेको थियो । सातामा नेप्से १ हजार ३१९ दशमलव ९८ विन्दुसम्म पुगेर फर्केको छ । गत साता पाँच दिन कारोबार भएको थियो भने यो सातामा चार दिन मात्र कारोबार भएको छ । बुधवार सार्वजनिक बिदा परेकाले कारोबार हुन सकेन । हाल बजारमा मर्जरको चर्चा परिचर्चाले गर्दा कम मुल्य र पूँजी भएका कम्पनीहरुको शेयर लगानीकर्ताहरुले बढी माग गरेको पाइएको छ ।
सातामा बजार पूँजीकरण र सेन्सेटिभ इन्डेक्समा कस्तो परिवर्तन आयो ?
गत साताको तुलनामा बजार पूँजीकरण २ दशमलव ६३ प्रतिशतले घटेको छ । गत साताको अन्तिम बिहीवार रू. १६ खर्ब ३९ अर्ब रहेको बजार पूँजीकरण जेठ २३ गते बिहीवार भने रू. १५ खर्ब ९६ अर्ब रह्यो ।
नेप्सेले मापन गर्ने ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स ७ दशमलव २७ अंकले घटेको छ । अघिल्लो साताको बिहीवार जेठ १६ गते २८१ दशमलव १५ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स जेठ २३ गते २७३ दशलमव ८९ विन्दुमा आइपुगेको छ ।
सातामा भएको कारोबार
सातामा ८३ लाख ६६ हजार २५५ कित्ता शेयरको रू. २ अर्ब ७५ करोड बराबरको शेयर कारोबार भएको छ । गत सातामा १ करोड ३६ लाख ९१ हजार ४१३ कित्ता शेयरको रू. ४ अर्ब ३३ करोड बराबरको शेयर कारोबार भएको थियो । गत साताको तुलनामा कारोबार रकम रू. १ अर्ब ५७ करोडले घटेको हो । अघिल्लो साताका डेढ अर्वसम्म कारोबार भएको थियो भने यस सातामा अर्वको कारोबार हुन सकेको थिएन । गत सातामा पाँच दिन कारोबार भएको थियो भने यस सातामा चार दिन मात्र कारोबार भएकाले कारोबार रकम घट्न पुगेको हो । गत साताको तुलनामा कारोबार रकम ३६ दशमलव ३७ प्रतिशत घटेको छ । उपसमूहको परिसूचकमा आएको बृद्धिदर सातामा सर्वाधिक कारोबार भएका कम्पनी सातामा सर्वाधिक बजार पूँजीकरण भएका कम्पनी