ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनउत्थान सामुदायिक लघुवित्त : कम्पनी विश्लेषण (आइतवार, २६ जेठ २०७६)

Jun 9, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनी शतप्रतिशत हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको छ । सोही हकप्रद शेयर निष्कासन प्रयोजनका लागि असार २ गते बुक क्लोज गरेको छ । असार १ गतेसम्म शेयर किन्ने शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले २ लाख ८८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न बुक क्लोज गरेको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३ करोड ९० लाख छ । शतप्रतिशत हकप्रद शेयरपश्चात् कम्पनीको चुक्तापूँजी रू. ६ करोड ७८ लाख पुग्छ । चालू आवको चैत मसान्तसम्ममा कम्पनीले रू. १ करोड ८२ लाख नाफा कमाएको हो । बिहीवार कम्पनीको १ सय ९५ कित्ता शेयर खरीदविक्री भएको छ । रू. २ हजार ४० मा खुला भएर अन्तिममा रू. २ हजारमा बन्द भएको छ ।

कम्पनीको ५७ दिनको कारोबार अवधिको अन्तिम दिन कालो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्दछ । आरएसआई न्युट्रल जोन ३८ दशमलव ६५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३७ दशलमव ७५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा तल र २६ दिने मूल्यरेखा भन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. २ हजार देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २ हजार ९८ मा प्रतिरोध पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)