ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा फाइनान्स : कम्पनी विश्लेषण (आइतवार, २६ जेठ २०७६)

Jun 9, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस कम्पनीले शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । चालू आवको तैस्रो त्रैमासमा कम्पनीले रू. ६ करोड २८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३ प्रतिशत घटेको हो । सो अवधिमा कम्पनीले रू. ६ करोड ५३ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । चुक्तापूँजी रू. ८५ करोड ७२ लाख छ । रिजर्भ कोषमा रू. ३१ करोड २० लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी (वार्षिक) रू. ९ दशमलव ७७, मूल्य आम्दानी अनुपात १३ दशमलव ६१ र प्रतिशेयर नेटवर्थ रू. १ सय ३६ दशमलव ४० छ । बिहीवारको कारोबार अवधिमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा १ हजार ६ सय १४ कित्ता शेयर विक्री गर्ने माग र १३ हजार ६ सय ३१ कित्ता शेयर खरीद गर्ने माग रहेको थियो ।

कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम सेतो ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५५ दशमलव ३० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ९३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्य माथि छ । बिहीवारको शेयरमूल्य रू. १ सय ४१ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ सय ४६ मा प्रतिरोध र सस्तिएमा रू. १ सय ३७ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)