मेरो माइक्रोफाइनान्स : कम्पनी विश्लेषण (आइतवार, २६ जेठ २०७६)
Jun 9, 2019
 
लगानी
कम्पनी विश्लेषण
गत फागुनमा शेयरधनीका लागि यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गरेको थियो । त्यो समयमा विक्री नभएको शेयर समेत लीलामीमा विक्री गरिसकेको छ । हाल रू. ३२ करोड ८९ लाख चुक्तापूँजी रहेको कम्पनीको हकप्रदपछि रू. ६५ करोड ७८ लाख पुग्नेछ । यस कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् गत चैत मसान्तसम्म रू. ११ करोड १८ लाख २५ हजार खुद नाफा कमाएको छ । यो नाफा गतवर्षको सोही अवधिमा रू. ५ करोड ९९ लाख ३३ हजार थियो । गत वर्षभन्दा यस वर्ष नाफामा उल्लेख्य वृद्धि देखिएको छ । चैत मसान्तसम्म रू. १ अर्ब ७ करोड ३६ लाख ८८ हजार निक्षेप उठाएको कम्पनीले सोही अवधिमा रू. ४ अर्ब ३७ करोड ४८ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ । बिहीवारको शेयर कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य अघिल्लो कारोबारभन्दा १ अंक बढेर रू. ५६४ कायम भएको छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिन ह्वाइट ओपनिङ मारुबोजु आकृति भएको मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ३३ दशमलव शून्य ४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १६ दशमलव २१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्य तल छ । बिहीवारको शेयरमूल्य रू. ५६४ देखि बजार अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५९५ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ५८५ मा टेवा पाउने देखिन्छ ।