ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल बैंक : कम्पनी विश्लेषण (आइतवार, २६ जेठ २०७६)

Jun 9, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
चालू आवको तेस्रो त्रैमासमा बैंकले रू. ३ अर्ब १९ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा बैंकले रू. ३ अर्ब ९ करोड नाफा कमाएको थियो । बैंकको चुक्तापूँजी रू. ९ अर्ब १ करोड छ । गत आवको नाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गरेको हो । चैत मसान्तसम्ममा बैंकले रू. १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरेको छ भने रू. १ खर्ब २८ अर्ब कर्जा प्रवाह भएको छ । सो अवधिमा बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब ३२ करोड छ । प्रतिशेयर आम्दानी रू. ४७ दशमलव ६९ छ । बिहीवार बैंकको शेयर कारोबार अवधिमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा ३ हजार ५ सय १३ कित्ता शेयर खरीद गर्ने माग र २ हजार १ सय ५७ कित्ता शेयर विक्री गर्ने माग छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिन घट्ने संकेत गर्दछ । आरएसआई न्यूट्रल जोन ४७ दशमलव ६२ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ६ दशमलव ७९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्य रेखाभन्दा हालको मूल्य तल छ । बिहीवारको शेयरमूल्य रू. ८ सय २८ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ८ सय ४७ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ७ सय ३६ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)