ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महुली सामुदायिक लघुवित्त : कम्पनी विश्लेषण (आइतवार, २६ जेठ २०७६)

Jun 9, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
गत आवको नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको ९ महीनामा रू. २ करोड ८७ लाख नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको तुलनामा १९ प्रतिशत बढेको हो । कम्पनीले ५० प्रतिशत हकप्रद र २० प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्तापूँजी गत आवको तुलनामा ७० प्रतिशत बढेको हो । गतवर्ष रू. ६ करोड रहेको चुक्तापूँजी यस वर्ष रू. १० करोड २० लाख पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चानल मुनाफा बढेपछि नाफा बढेको हो । कम्पनीले रू. ३९ लाख ७३ हजार खराब कर्जा संकलन गर्दा नाफा बढ्न सहयोग पुगेको छ । खराब कर्जा संकलनपछि कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ७४ प्रतिशतबाट घटेर १ दशमलव ६९ मा आएको छ । कम्पनीले आगामी योजनामा वित्तीय पँहुच नपुगेका स्थानहरूमा शाखा कार्यालय स्थापना गर्ने रहेको छ । छैटौं वार्षिक साधारणसभाबाट राष्ट्रिय स्तरको बन्ने तयारी भएको कम्पनीले जानकारी दिएको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ३७ दशमलव ५३ छ भने प्रतिशेयर नेटवर्थ रू. २७७ दशमलव ३६ छ ।

कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन कालो मैनबत्ती भएको आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्यूट्रल जोन २२ दशमलव ७७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ३६ दशमलव ८१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्य तल छ । कम्पनीको शेयरमूल्य २ महीनायताकै न्यून रहेकाले कतिमा टेवा पाउँछ भन्न सकिँदैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)