ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, २७ जेठ २०७६)

Jun 10, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भइसकेको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ५२ करोड ७५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३२ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ३९ करोड ९१ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले नाफा बढेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २० करोड छ । रिजर्भ कोषमा रू. १ अर्ब ३८ करोड छुट्याएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५८ दशमलव ६२, मूल्य आम्दानी अनुपात १३, तरलता अनुपात ८ दशमलव ५५ र प्रतिशेयर नेटवर्थ रू. २ सय १५ दशमलव ६४ छ ।

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४३ दशमलव ९२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १० दशमलव ४८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्यरेखा तल छ । बिहीवारको शेयरमूल्य रू. ८३५ देखि बजार अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८५६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ८२६ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)