युनाइटेड फाइनान्स : कम्पनी विश्लेषण (सोमवार, २७ जेठ २०७६)
Jun 10, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १ करोड छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ५ करोड १२ लाख नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले रू. ५ करोड ७ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ६ अर्ब २६ करोड निक्षेप संकलन गरेको कम्पनीले रू. ५ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको छ । रिजर्भ कोषमा रू. ४२ करोड १९ लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. ६ दशमलव ७६, मूल्य आम्दानी अनुपात २८ दशमलव ८४ र प्रतिशेयर नेटवर्थ रू. १ सय ४१ दशमलव ७६ छ । बिहीवार कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा ३ अंक घटेर रू. १८९ मा बन्द भएको छ । सो दिन कम्पनीको १ हजार ५५ कित्ता शेयर खरीदविक्री भएको थियो ।
कम्पनीको ५२ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५१ दशमलव ९९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ८२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाको बीचमा छ । बिहीवारको शेयरमूल्य रू. १८९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १९२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १८१ मा टेवा पाउने देखिन्छ ।