सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, २७ जेठ २०७६)
Jun 10, 2019
 
लगानी
कम्पनी विश्लेषण
चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. २० लाख ७० हजार नाफा कमाएको छ । चुक्तापूँजी रू. ६ करोड रहेको कम्पनीको रिजर्भ कोषमा रू. ५५ लाख २४ हजार छ । पूँजीवृद्धिका लागि कम्पनीले ३ बराबर २ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव चैत २३ गतेको वार्षिक साधारणसभाबाट पारित गरेको छ । सो हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरेपछि कम्पनीको चुक्तापूँजी रू. १० करोड पुग्नेछ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव ६०, मूल्य आम्दानी अनुपात १२८ दशमलव २४ र प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव २१ छ । बिहीवार कम्पनीको शेयरमूल्य ७ अंक घटेर रू. ४५१ मा बन्द भएको छ । सो दिन कम्पनीको ४० कित्ता शेयर खरीदविक्री भएको छ ।
कम्पनीको ५५ दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गर्दा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ३३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १७ दशमलव ३५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्यरेखा तल छ । बिहीवारको शेयरमूल्य रू. ४५१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५५० मा प्रतिरोध पाउने देखिन्छ ।