ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वरोजगार लघुवित्त : कम्पनी विश्लेषण (सोमवार, २७ जेठ २०७६)

Jun 10, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
गत आवको नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीले चालू आवको ९ महीनामा रू. ४ करोड २३ लाख नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको तुलनामा ५८ प्रतिशत बढी हो । गत आवमा कम्पनीले रू. २ करोड ६६ लाख नाफा कमाएको थियो । कम्पनीले हालसम्म २९ जिल्लामा कुल ६२ ओटा शाखा कार्याालयबाट ७४ हजार ५९ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीले ग्रामीण भेगमा कृषि, पशुपालन, सेवा व्यवसाय तथा लघुउद्यमजस्ता व्यवसाय सञ्चालन गर्दै आएको छ । कम्पनीले यस्ता योजनामा प्रायः महिलालाई प्राथमिकता दिने गरेको छ । लघुवित्त कम्पनीहरू बढ्दो क्रममा रहेकाले कर्जा लगानीका लागि स्रोतको अपर्याप्तता र अनिश्चय तथा न्यून स्प्रेडको काम गर्नुपर्ने अवस्था समस्याको रूपमा रहेको लघुवित्तको भनाइ छ । ९ महीनामा कम्पनीको चुक्तापूँजी रू. २६ करोड ९५ लाख छ ।

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने संकेत देखाउँछ । विश्वसनीयता भने सामान्य छ । आरएसआई न्युट्रल जोन ४२ दशमलव शून्य ५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ८० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्यरेखा तल छ । बिहीवारको शेयरमूल्य रू. ४७० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४८१ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४७२ मा टेवा पाउने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)