ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स : कम्पनी विश्लेषण (मंगलवार, २८ जेठ २०७६)

Jun 11, 2019  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कम्पनीले चालू आवको चैत मसान्तसम्ममा रू. ४ करोड १४ लाख खराब कर्जा उठाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ७२ प्रतिशत बढी हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ६३ लाख ७३ हजार नाफा कमाएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ५६ लाख छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त वित्तीय संस्था घोषणा गरी थप निक्षेप लिन र कर्जा लगानी गर्न रोक लगाएको छ । त्यसैले कम्पनीले विगतमा लगानी गरिएका कर्जा असुलउपर गरी निक्षेप रकम फिर्ता भुक्तानी गर्दै आएको छ । प्रतिशेयर आम्दानी रू. ३ दशमलव ५०, मूल्य आम्दानी अनुपात २४ दशमलव ५६ र प्रतिशेयर नेटवर्थ रू. १४ दशमलव ६० छ । सोमवार कम्पनीको शेयरमूल्य ७ अंक बढेर रू. ९९ पुगेको छ । सो दिन कम्पनीको ८ हजार ८३१ कित्ता शेयर खरीदविक्री भएको हो ।

कम्पनीको ३४ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ६७ दशमलव ५२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव २३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्य रेखाभन्दा हालको मूल्यरेखा माथि छ । सोमवारको शेयरमूल्य रू. ९९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ८४ मा टेवा पाउने देखिन्छ । सोमवार ३४ दिनको कारोबार अवधिमा कम्पनीको अधिकतम शेयरमूल्य रू. ९९ पुगेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)